बाइपास रोड खोलाउन मरमत्तिको कार्य गरिँदै

Share this news

खरसाङको सुधपा टोलमा गत 8 अगस्तमा गएको पैह्रोले बन्द रहेको बाइपास रोड खोलाउन मङ्गलबारदेखि मरमत्तिको कार्य थालिएको छ। केही दिनदेखि लगातार रुपमा परिरहेको पानी झरीले गर्दा खरसाङको सुधपा टोलमा रोड प्वाल परेपछि कल्भर्ट बन्द भएपछि बाइपास रोड बन्द भएको थियो। उक्त रोड खोलाउन जीटीए प्रमुख अनित थापाको निर्देशनमा थालिएको हो। यस रोडको मरमत्तिको कार्य शुरु भएकोले यो रोड खोलाउन अझै केही समय लाग्न सक्ने क्षेत्रीय सभासद श्याम शेर्पाले जानकारी गराएका छन्। यस रोडको मरमत्तिको कार्य थालिएको विषयमा सभासद शेर्पाले चालकहरुलाई पर्न गएको असुविधाप्रति खेद प्रकट गर्दै यो रोड खोलाउन केही समय लाग्ने हुनाले चालकहरुलाई धैर्य धारण गरिदिने निवेदन गरेका छन्। उनले जनताको असुविधालाई हेरेर रोड मरमत्तिको कार्य शुरु गरिएको जानकारी गराएका छन्।


Share this news
आजको रोजाइ
सांसद राजु विष्टद्वारा प्रधानमन्त्री अनि गृहमन्त्रीप्रति कृतज्ञता

सांसद राजु विष्टद्वारा प्रधानमन्त्री अनि गृहमन्त्रीप्रति कृतज्ञता

गोरामुमोद्वारा प्रधानमन्त्री मोदी र गृहमन्त्रीप्रति आभार व्यक्त

गोरामुमोद्वारा प्रधानमन्त्री मोदी र गृहमन्त्रीप्रति आभार व्यक्त

रामकृष्ण उच्चतर माध्यमिक कन्या विद्यालयकाे‌‌ वार्षिक उत्सव

रामकृष्ण उच्चतर माध्यमिक कन्या विद्यालयकाे‌‌ वार्षिक उत्सव

ब्लु डाइमण्ड स्कूलमा देऊसी भैलो प्रतियोगिताको समापन

ब्लु डाइमण्ड स्कूलमा देऊसी भैलो प्रतियोगिताको समापन

कालिझोडामा द्वारे अनि हाम्रो गाउँ हाम्रो समाधान शिविर

कालिझोडामा द्वारे अनि हाम्रो गाउँ हाम्रो समाधान शिविर

माकपाद्वारा दुधेको तरुवा क्षेत्रमा राहत सामग्रीहरू वितरण

माकपाद्वारा दुधेको तरुवा क्षेत्रमा राहत सामग्रीहरू वितरण

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री