Warning: Trying to access array offset on false in /var/www/html/wordpress/wp-content/plugins/elementor-pro/modules/dynamic-tags/tags/post-featured-image.php on line 39

विशिष्ट व्यक्तिहरुको नाममा सम्मान गरिने

Share this news

खरसाङ पञ्चायत समितिको तर्फबाट यसपालीदेखि खरसाङ खण्ड क्षेत्रका विभिन्न विधामा योगदान दिने विशिष्ट व्यक्तिहरुको नाममा विभिन्न व्यक्तिहरुलाई सम्मान प्रदान गरिने घोषणा गरिएको छ। आज खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री र कर्माध्यक्षद्वय भक्तिमान तामाङ र शुभहाङ एन्ड्यु सुब्बा अनि पञ्चायत समिति सदस्य मौसम तामाङ उपस्थित भएर यसपालीदेखि खरसाङ पञ्चायत समितिको तर्फबाट विभिन्न व्यक्तिहरुलाई सम्मान प्रदान गर्ने घोषणा गरेका छन्। यसपालीदेखि‌ खरसाङ पञ्चायत समितिको तर्फबाट शुरु गरिएको विभिन्न सम्मानहरुमा सिटोङ निवासी युवा स्रष्टा सञ्जीव छेत्रीलाई असीत राई स्मृति साहित्यिक सम्मान प्रदान गरिने भएको छ भने चमनसिंह गुरुङ स्मृति खेलकूद सम्मान खरसाङको सन्त मेरिज निवासी एवं भारतीय महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक क्रिस्पिन छेत्रीलाई प्रदान गरिने भएको छ। त्यसरी नै प्रतापसिंह लोहार स्मृति संगीत सम्मान तीनधारे निवासी बरुण रसाइलीलाई प्रदान गरिने भएको छ भने फादर अब्राह्म शैक्षिक सम्मान गाडीधुरा निवासी जुनियर साइन्टिस किरण बराइकलाई प्रदान गरिने भएको छ। यसबारेमा खरसाङ पञ्चायत समितिकी सभापति अनु छेत्रीले यसपालीदेखि चारवटा विभिन्न विधाहरुमा खरसाङ खण्ड क्षेत्रका विभिन्न व्यक्तिहरुलाई विशिष्ट योगदान दिने चारजना व्यक्तिहरुका स्मृतिमा प्रदान गरिने घोषणा गरिएको बताएकी छन्। उनले यो सम्मान आगामी 15 अगस्तको दिन खरसाङ खण्ड पञ्चायत समितिको आयोजनामा लाटपञ्जार खेल मैदानमा आयोजना गरिने 79 औं स्वतन्त्रता दिवस समारोहमा‌ प्रदान गरिने बताइन्।


Share this news
आजको रोजाइ
आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या