specific individuals will be honored
specific individuals will be honored

विशिष्ट व्यक्तिहरुको नाममा सम्मान गरिने

Share this news

खरसाङ पञ्चायत समितिको तर्फबाट यसपालीदेखि खरसाङ खण्ड क्षेत्रका विभिन्न विधामा योगदान दिने विशिष्ट व्यक्तिहरुको नाममा विभिन्न व्यक्तिहरुलाई सम्मान प्रदान गरिने घोषणा गरिएको छ। आज खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री र कर्माध्यक्षद्वय भक्तिमान तामाङ र शुभहाङ एन्ड्यु सुब्बा अनि पञ्चायत समिति सदस्य मौसम तामाङ उपस्थित भएर यसपालीदेखि खरसाङ पञ्चायत समितिको तर्फबाट विभिन्न व्यक्तिहरुलाई सम्मान प्रदान गर्ने घोषणा गरेका छन्। यसपालीदेखि‌ खरसाङ पञ्चायत समितिको तर्फबाट शुरु गरिएको विभिन्न सम्मानहरुमा सिटोङ निवासी युवा स्रष्टा सञ्जीव छेत्रीलाई असीत राई स्मृति साहित्यिक सम्मान प्रदान गरिने भएको छ भने चमनसिंह गुरुङ स्मृति खेलकूद सम्मान खरसाङको सन्त मेरिज निवासी एवं भारतीय महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक क्रिस्पिन छेत्रीलाई प्रदान गरिने भएको छ। त्यसरी नै प्रतापसिंह लोहार स्मृति संगीत सम्मान तीनधारे निवासी बरुण रसाइलीलाई प्रदान गरिने भएको छ भने फादर अब्राह्म शैक्षिक सम्मान गाडीधुरा निवासी जुनियर साइन्टिस किरण बराइकलाई प्रदान गरिने भएको छ। यसबारेमा खरसाङ पञ्चायत समितिकी सभापति अनु छेत्रीले यसपालीदेखि चारवटा विभिन्न विधाहरुमा खरसाङ खण्ड क्षेत्रका विभिन्न व्यक्तिहरुलाई विशिष्ट योगदान दिने चारजना व्यक्तिहरुका स्मृतिमा प्रदान गरिने घोषणा गरिएको बताएकी छन्। उनले यो सम्मान आगामी 15 अगस्तको दिन खरसाङ खण्ड पञ्चायत समितिको आयोजनामा लाटपञ्जार खेल मैदानमा आयोजना गरिने 79 औं स्वतन्त्रता दिवस समारोहमा‌ प्रदान गरिने बताइन्।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ