सांगठनिक सभा र प्रशाखा कमिटीहरु गठन गर्ने निर्देशन

Share this news

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको महानदी ग्राम पञ्चायत स्तरीय खण्ड समितिको सभा महानदी बजारको सार्वजनिक भवनमा सोमबार आयोजन गरिएको थियो। उक्त सभा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन केन्द्रीय कानुनी सल्लाहकार शेखरचन्द्र प्रधानको अध्यक्षता र पञ्चायत सदस्य राजीव तामाङको सञ्चालनमा आयोजन गरिएको थियो। भागोप्रमो महानदी ग्राम पञ्चायतको संयोजक एवं पञ्चायत समिति सदस्य कुसाङ लामाको संयोजकत्वमा सम्पन्न सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिका सभापति सागर गुरुङ, महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पा, पञ्चायत समिति सदस्या सरिता मुखिया, संयोजक तथा पञ्चायत समिति सदस्य कुसाङ लामा, नारी शक्ति तीनधारे महानदी समष्टिको सभापति निरा प्रधान र सभाध्यक्ष शेखरचन्द्र प्रधान आदिले वक्तव्य राखेका थिए। सभामा निर्णय गरिए अनुसार आगामी दिनमा महानदी ग्राम पञ्चायत अन्तर्गत पर्ने सबै बुथहरुमा पार्टीको सांगठनिक सभा गरिनुको साथै प्रत्येक बुथमा सांगठनिक सभा आयोजना गर्नुको साथै प्रशाखा कमिटीहरु पनि गठन गर्ने निर्देशन जारी गरिएको छ। सभामा महानदी ग्राम पञ्चायत अन्तर्गत पर्ने प्रत्येक बुथ कमिटीको सभापति र सचिव लगायत अन्यहरुको विशेष उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ