Ghar Tricolor program of SSB
Ghar Tricolor program of SSB

एसएसबीको हर घर तिरंगा कार्यक्रम सफलतापूर्वक सम्पन्न

Share this news

आठौं वाहिनी सशस्त्र सीमा बल (एसएसबी) ले कमाण्डेन्ट मितुल कुमारको मार्गदर्शनमा हर घर तिरंगा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। यस कार्यक्रमअन्तर्गत वाहिनी मुख्यालयबाट एक मोटरसाइकल तिरंगा र्या ली निकालिएको थियो। जसमा अधिकारीहरू, जवानहरू, र स्थानीय गाउँलेहरूले उत्साहका साथ भाग लिएका थिए। यो र्यािली मुख्यालयबाट शुरु भएर ट्यांक मोड हुँदै खपरैल बजार अनि हिमुल मोडसम्म पुगेर पुनः मुख्यालयमै फर्किएको थियो। सहभागीहरूले हातमा राष्ट्रिय झन्डा बोकेर देशभक्तिका नाराहरू लगाउँदै जनचेतना फैलाए र सबै नागरिकलाई आ-आफ्नो घरमा राष्ट्रिय झन्डा फहराउन आग्रह गरेका थिए। यसका साथै, वाहिनीको कार्यक्षेत्रभित्र पर्ने बाह्य सीमा चौकी बारामानीरामजोतमा पनि मोटरसाइकल र्यािलीको आयोजना गरिएको थियो। त्यसैगरी मिरिकको बाघखोर र पशुपति फाटकमा स्कूले विद्यार्थी र स्थानीय गाउँलेहरूसँग मिलेर एक तिरंगा र्या ली निकालिएको थियो। यस कार्यक्रमको मुख्य उद्देश्य देशभक्तिको भावनालाई सुदृढ गर्नु र ‘आजादीको अमृत महोत्सव’ अन्तर्गत राष्ट्रिय झन्डाको सम्मानका लागि धेरैभन्दा धेरै मानिसहरूलाई प्रेरित गर्नु रहेको एसएसबीले बताएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ