Sikkimese girl in Delhi

दिल्लीमा सिक्किमे चेलीमाथिको कुटपीटको प्रतिरोध

Share this news

सिक्किमकी चेलीमाथि हालै दिल्लीमा भएको कुटपीट र दुर्व्यवहारको समाचारले आफुहरू अति नै मर्माहत बनेका बताउँदै सिक्किम डेमोक्रेटिक फ्रन्टको चेली मोर्चाकी प्रभारी, कोमल चामलिङले प्रेस विज्ञप्ति जारी गरेकी छिन्। जसमा उल्लेख गरिएको छ, पीडित चेली पूर्व सिक्किम, रिनाक निवासी, अहिले सिक्किम सरकारसँग न्याय र तत्काल उद्दारको लागि गुहार गरिरहेकी छिन्। हाम्रा सिक्किमेली चेलीहरू आफ्नै देशमा राज्यबाट बहिर अन्य राज्यहरूमा रहेर पढाइ, रोजगारी वा अन्य कारणले अन्य राज्यमा बसोबास गर्दा यस्ता अमानवीय र अपमानजनक घटनाको शिकार हुनु अत्यन्तै दु:खद, लज्जास्पद र गम्भीर चिन्ताको विषय हो।
सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) चेली मोर्चा यस निन्दनीय घटनाको कडा शब्दमा भर्त्सना गर्दछ र सिक्किम सरकारसँग घटनालाई तत्काल संज्ञानमा लिएर दिल्लीमा रहेका सम्बन्धित निकायहरूसँग समन्वय गरी पीडितालाई सुरक्षित उद्धार गरून्। दोषीलाई चाँडो पहिचान गरी कानुनी दायरामा ल्याई कडा कारबाहीको माग गरून। साथै राज्य बाहिर रहेका सिक्किमेली चेलीहरूको सुरक्षा र सुरक्षाका लागि स्थायी र प्रभावकारी व्यवस्था सुनिश्चित गरून् भन्ने माग गर्दछ।
यो घटना कुनै व्यक्तिगत मात्र नभई सम्पूर्ण सिक्किमे चेलीबेटीको अस्मिता र सम्मानसँग जोडिएको विषय भएका हुनाले पुनः एकचोटि पीडितालाई तत्काल उध्दार गरि सुरक्षा र न्याय प्रदान गरून् र त्यस अपराधमा संलग्न दोषीहरूलाई कडा भन्दा कडा सजाय दिलाएर सिक्किमे आमाचेलीहरूको सुरक्षा सुनिश्चित गरून् भनि वर्तमान सरकार अथवा सरकार प्रमुख मुख्यमन्त्री समक्ष आग्रह  गर्दछौं।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ