Sikkimese girl in Delhi
Sikkimese girl in Delhi

दिल्लीमा सिक्किमे चेलीमाथिको कुटपीटको प्रतिरोध

Share this news

सिक्किमकी चेलीमाथि हालै दिल्लीमा भएको कुटपीट र दुर्व्यवहारको समाचारले आफुहरू अति नै मर्माहत बनेका बताउँदै सिक्किम डेमोक्रेटिक फ्रन्टको चेली मोर्चाकी प्रभारी, कोमल चामलिङले प्रेस विज्ञप्ति जारी गरेकी छिन्। जसमा उल्लेख गरिएको छ, पीडित चेली पूर्व सिक्किम, रिनाक निवासी, अहिले सिक्किम सरकारसँग न्याय र तत्काल उद्दारको लागि गुहार गरिरहेकी छिन्। हाम्रा सिक्किमेली चेलीहरू आफ्नै देशमा राज्यबाट बहिर अन्य राज्यहरूमा रहेर पढाइ, रोजगारी वा अन्य कारणले अन्य राज्यमा बसोबास गर्दा यस्ता अमानवीय र अपमानजनक घटनाको शिकार हुनु अत्यन्तै दु:खद, लज्जास्पद र गम्भीर चिन्ताको विषय हो।
सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) चेली मोर्चा यस निन्दनीय घटनाको कडा शब्दमा भर्त्सना गर्दछ र सिक्किम सरकारसँग घटनालाई तत्काल संज्ञानमा लिएर दिल्लीमा रहेका सम्बन्धित निकायहरूसँग समन्वय गरी पीडितालाई सुरक्षित उद्धार गरून्। दोषीलाई चाँडो पहिचान गरी कानुनी दायरामा ल्याई कडा कारबाहीको माग गरून। साथै राज्य बाहिर रहेका सिक्किमेली चेलीहरूको सुरक्षा र सुरक्षाका लागि स्थायी र प्रभावकारी व्यवस्था सुनिश्चित गरून् भन्ने माग गर्दछ।
यो घटना कुनै व्यक्तिगत मात्र नभई सम्पूर्ण सिक्किमे चेलीबेटीको अस्मिता र सम्मानसँग जोडिएको विषय भएका हुनाले पुनः एकचोटि पीडितालाई तत्काल उध्दार गरि सुरक्षा र न्याय प्रदान गरून् र त्यस अपराधमा संलग्न दोषीहरूलाई कडा भन्दा कडा सजाय दिलाएर सिक्किमे आमाचेलीहरूको सुरक्षा सुनिश्चित गरून् भनि वर्तमान सरकार अथवा सरकार प्रमुख मुख्यमन्त्री समक्ष आग्रह  गर्दछौं।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ