गोपालसिंह नेपाली बस्नेतको 114औं जयन्ती पालन

Share this news

राष्ट्रिय सर्जक गोपालसिंह ‘नेपाली’ बस्नेतको 114औं जयन्ती सिलगढीमा पालन गरियो। पश्चिम बङ्गालको सिलगढीमा सञ्चालित संस्था एसोसिएशन फर रिसर्च अन् नन्प्रफीट अर्गनाइजेशन्स एन्ड वल्युन्टरी एक्टिविटिज आरनोवाद्वारा सर्जकको जन्म जयन्ती गरिएको हो। सिलगढीको चम्पासरीमा स्थित उक्त संस्थाको कार्यालयमा आयोजना गरिएको थियो। आरनोवाका उपाध्यक्ष मोहन लुइँटेलद्वारा अध्यक्षता गरिएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा साहित्य अकादमी नेपाली भाषा परामर्श समितिका पूर्व सदस्य डा. जीवन राणा उपस्थित थिए। विशिष्ट अतिथि उपन्यासकार रीना सुब्बा अनि कवि लादोर्जे तामाङ बिनोद उपस्थित थिए। कार्यक्रममा अध्यक्ष, प्रमुख अतिथिद्वारा कविको तस्वीरमा मैनबत्ती बालेर फूलमाला अर्पण गरिएको थियो। त्यसपछि भरखरै दिवङ्गत नारी हस्ताक्षर उर्मिला घिसिङको आत्मिक चिर शान्तिको लागि कामना गरियो। उक्त कार्यक्रममा डा. जीवन राणा अनि कृष्ण गुरूङले राष्ट्रिय सर्जक बस्नेतमाथि गहन वक्तव्य राखेका थिए। जसमा सचिव दिवाकर ढुङ्गेल शर्माले राष्ट्रिय सर्जक बस्नेतमाथि हिन्दीमा लेख प्रस्तुत गरेका थिए अनि सञ्जीव श्रीमलद्वारा कविता प्रस्तुत गरिएको थियो। आरनोवाका संस्थापक रुबेन गुरूङद्वारा सञ्चालित कार्यक्रममा संयुक्त सचिव बलु गुरूङले स्वागत वक्तव्य राखेका थिए भने सभाध्यक्ष द्वारा धन्यवाद ज्ञापनसहित कार्यक्रमको समापन गरिएको थियो।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान