गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत दार्जीलिङ सदर ४ समष्टिको सांङ्गठनिक सभा आइतबार आयोजन गरिएको थियो। सांङ्गठनिक विस्तारको उद्देश्यसहित सम्पन्न उक्त सभामा दार्जीलिङ सदर ४ समष्टि गठन गरिएको छ। जसमा अध्यक्ष बिष्णु प्रसाद शर्मा, उपाध्यक्षहरू कमल गुरुङ, सुरेन गिरी, रबिन रायमाझी र ललित तामाङ चुनिएका छन्। यसरी नै मूल सचिव अनिल राई, सह-सचिवहरू उत्तम राई, बिशाल छेत्री, कोषाध्यक्ष श्रीमती द्रोणा गुरुङ चुनिएका छन्। प्रवक्ताको रुपमा उदिप तामाङ, कानुनी सल्लाहकार अधिवक्ता रुपेश शर्मा चुनिएका छन्। मुख्य सल्लाहकारहरू दिनेस छेत्री, रोशन शेर्पा, केशर सिंह, सूरज छेत्री, श्रीमती पम्फा लामा, पी. टी. शेर्पा चुनिएका छन्। यसका अतिरिक्त २१ जना कार्यकारिणी सदस्यहरूलाई पनि सर्वसम्मतिले चयन गरिएको गोरामुमो केन्द्रिय प्रवक्ता गिनेश साम्पाङले जानकारी दिएका छन्।
सभाले संगठनलाई थप सुदृढ र सक्रिय बनाउँदै दार्जिलिङ सदर ४ समष्टिको गतिविधिलाई जनहितमुखी कार्यदिशामा अघि बढाउने प्रतिबद्धता जनाएको जानकारी छ।
