5 वर्षदेखि 14 वर्षसम्मकालाई करातेको प्रशिक्षण प्रदान गरिने

Share this news

खरसाङ, (मोहन प्रसाद): खरसाङ स्थित मन्टिभियट ग्राम सुधार समिति अन्तर्गत रहेका पाँचवटा गाउँका पाँच वर्षदेखि 14 वर्षसम्मका बाल-बालिका अनि किशोर-किशोरीहरूलाई करातेको प्रशिक्षण दिईने छ। दर्पणसित कुरा गर्दै मन्टिभियट ग्राम सुधार समितिका अध्यक्ष प्रणय रोकाले जनाए अनुसार, मन्टिभिएटको सार्वजानिक भवनमा आज एउटा मन्टिभियट सभा सम्पन्न भयो। सभामा मन्टिभियट ग्राम सुधार समिति अन्तर्गत रहेका पाँचवटा गाउँका सबै प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सभामा गाउँ-समाजको विभिन्न विषयहरू संगै आउँदो दिनमा समितिद्वारा के-कस्ता कार्यक्रमहरू गर्न पर्ने भन्ने विषयमा पनि चर्चा-परिचर्चा गरियो। चर्चा-परिचर्चापछि सभामा निर्णय लिए अनुसार गाउँका बाल-बालिका अनि किशोर-किशोरीहरूलाई शारीरिक रूपमा एवं मानसिक रूपमा चुस्त दुरुस्त अनि सक्रिय राख्नको निम्ति कराते प्रशिक्षण प्रदान गरिने छ । विशेष, कराते प्रशिक्षण 5 वर्षदेखि 14 वर्षसम्म उमेर सम्मकाहरूलाई दिइने छ। तिनले थप जनाए अनुसार कराते प्रशिक्षण क्षेत्रका प्रतिष्ठित कराते मास्टरहरूद्वारा गरिने छ। समितिद्वारा स्वतन्त्र दिवस गाउँमा भव्य रूपमा पालन गर्ने निर्णय पनि सभामा लिइयो। यस बाहेक आगामी 12 अक्टोबरमा समितिको स्थापना दिवस कुन प्रकारले पालन गर्ने उक्त विषयमा व्यापक चर्चा-परिचर्चा गरियो। प्रत्येक वर्ष झैं यस वर्ष पनि दुर्गा पूजा स्थानीय सार्वजनिक भवनमा भव्य रूपमा आयोजन गर्ने निर्णय पनि सभा लिइएको रोकाले जनाए। समितिले गाउँ-घरको अन्य विभिन्न विषय र समस्याहरू बारे पनि व्यापक रूपमा चर्चा-परिचर्चा भएको रोकाले बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

आजको रोजाइ