धोबी खोला तर्फ सड़कमा भल बग्ने समस्या

Share this news

खरसाङ,  (निसं): खरसाङ्को मोटर स्ट्याण्डदेखि धोबी खोला तर्फ राष्ट्रिय राजमार्ग 110 मा भल बग्ने समस्या यथावत रहेको गुनासो छ। यहाँ मोटर स्ट्याण्डदेखि बग्दै वर्षाको भल सड़कै-सड़क धोबीखोला तर्फ बग्ने भएकोले पैदल हिँड़ने मानिसहरूले समस्या झेल्न परिरहेको बताएका छन्‌‍। यहाँबाट नियमित हिँड़ने कतिपय मानिसले बताए अनुसार वर्षा भएको समयमा सड़कै-सड़क भल बग्ने गरेकोले गाड़ीको चलाचलक समयमा सड़कमा बगिरहेको भलले भिजाउने गरेको छ। सड़कमा भल बग्ने गरेकोले गाड़ीले भल उछिटाएर सड़क तल्लो किनारको दोकानहरूमा पानी पस्ने गरेको पनि कतिपयले बताएका छन्‌‍। गत वर्ष खरसाङ शहरी क्षेत्रका नाली, कलभर्टहरू खोलिने कार्य गरिएको भए तापनि मोटर स्ट्याण्डदेखि उता धोबी खोला तर्फ भल बग्ने समस्या यथावत रहेको, ठूलो वर्षाको समयमा निकै ठूलो भलको मूस्लो बग्ने गरेको मानिसहरूले बताएका छन्‌‍। मोटर स्ट्याण्ड अनि रेल लोकोसेडको माझमा एउटा कलभर्ट रहेको तर उक्त कलभर्टबाट ठूलो भल बग्न नसक्ने स्थिति रहेकोले वर्षाको समयमा आधा भन्दा अधिक भल बाहिर बग्ने गरेको, लोकोशेड तर्फकोनाली सबै पुरिएको अवस्थामा रहेकोले यस स्थानमा सानो वर्षामा पनि पानी जम्ने गरेको अथवा भल सड़कमा बग्ने गरेको बताउदै कतिपयले यस स्थानको कलभर्ट नालीहरू खोल्न पर्ने बताएका छन्‌‍।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान