शिविरमा 2 सय विद्यार्थीको आँखा अनि दाँत जाँच

Share this news

खरसाङ, (निसं): मारवाड़ी युवा मञ्च खरसाङ अर्नवद्वारा एउटा स्वास्थ्य जाँच शिविरको आयोजना खरसाङस्थित पुष्पारानी रोय मेमोरियल उच्चतर माध्यमिक विद्यालयमा गरियो। उक्त शिविरमा जम्मा 2 सय जना विद्यार्थीहरूले आँखा, दाँत सहित सामान्य स्वास्थ्य चिकित्सा जाँच गराए। शिविरमा उपस्थित चिकित्सक वा विशेषज्ञ डाक्टहरूद्वारा विद्यार्थीहरूले आँखा, दाँत अनि अन्य जाँच गरिएको थियो। विषेशज्ञ डाक्टरहरूले कतिपय विद्यार्थीहरूलाई अघिल्लो उपचार गराउने सल्लाह दिए। अघिल्लो उपचार गराए सिलगढ़ीस्थित लायन्स ग्रेटर आई अस्पतालमा गरिएको खण्डमा सहुलित दरमा उपचार गरिने पनि बताइयो। शिविरमा आँखाको जाँच सिलगढ़ीस्थित लायन्स ग्रेटर आई अस्पतालका डाक्टहरूद्वारा गरिएको थियो भने दाँतको जाँच दन्त रोग विशेषज्ञ डा. सिमरन अहमदको शिविरमा उपस्थिति थियो, यस बाहेक डा. प्रसनजीत दासको पनि शिविरमा उपस्थिति रहेको थियो । शिविर संयोजक मञ्चका प्रतिनिधि मानव गोयल थिए। पत्रकारहरू सित बोल्दै मारवाड़ी युवा मञ्च खरसाङ अर्नवका वरिष्ठ प्रतिनिधि आयुष गुप्ताले जनाए अनुसार, मञ्चको स्थापनाकालदेखि नै यस्ता विभिन्न सामाजिक अनि जनहितको कार्यको आयोजन गरिने गरिएको छ भने आउँदो दिनहरूमा पनि यसलाई यथावत्‌‍ राखिने छ।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान