आधार कार्ड मशिन अचल भएकोले जनसाधारणलाई असुविधा

Share this news

दार्जीलिङ, 10 अगस्त(निसं): भारतीय नागरिकहरूको परिचयहरूको प्रमाण पत्रहरूमा विशेष महत्व बोकेको आधार कार्ड मशिन अचल भएकोले घुम-जोरबङ्लो क्षेत्रबासी साथै वरिपरिका जनसाधारणलाई आधार कार्ड नयाँ बनाउन, आधारित कार्ड संशोधन गर्न साथै आधर कार्ड सम्बन्धी अन्य कार्यहरू गर्न असुविधा पुगेको गुनासो लिएर घुम क्षेत्रको सामाजिक संस्थान सङ्घर्ष एवं विकास समिति घुमले बिहिबार दार्जीलिङ हेड पोस्ट अफिस सुप्रिनटेन्डेन्ट-सित भेट गर्दै घुम डाक घरमा राखिएको आधार कार्ड मशिनलाई पुन सञ्चालनमा ल्याउने अनुरोध गरेको छ।गत 2022 सालमा सङ्घर्ष एवं विकास समिति घूमको सक्रियतामा स्थापना गरिएको यस आधार कार्ड मशिन हाल अचल रहेकोले जनसाधारणलाई धेरै असुविधा भएको दार्जीलिङ हेड पोस्ट अफिस सुप्रिनटेन्डेन्टलाई अवगत गराउदै एक ज्ञापन-पत्र पनि चढाएको समितिका अध्यक्ष पूर्व छिरिङ डुक्पा सचिव अरुण कुमार छेत्री अनि सल्लाहकार सीबी क्षेत्रीले जानकारी गराएका छन् । उनीहरूको जानकारी अनुसार गत तीन महिनादेखि घुम डाक घरमा राखिएको आधार कार्ड मशिन अचल छ, यस प्रकारको जानकारी हेड पोस्ट अफिस सुप्रिनटेन्डेन्टलाई दिएपछि सुप्रिनटेन्डनले अचल रहेको आधार कार्ड मशिनलाई चाँडै सञ्चालनको रुपमा ल्याउने आश्वासन दिएको पनि समितिले बताएको छ।

 

 


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न