खरसाङ नगरपालिकाको वार्ड नम्बर 9 अन्तर्गत सुधपा टोल क्षेत्रको रोडमा शुक्रबार ठूलो प्वाल परेपछि खरसाङको टुरिस्ट लजदेखि सिलगढी जाने बाइपास रोड बन्द भएको छ। विशेष गरेर खरसाङ बजारमा आउन अघि टुरिस्ट लजदेखि कप्तान सुरज शर्मा पथ भएर पंखाबारी रोड हुँदै सिलगढी जाने रोड सडकको यो अवस्थाको कारण बन्द गरिएको छ। यो बाइपास रोडमा टुरिस्ट लजमुनितिर झोडा नजिक रहेको रोडमा प्वाल पर्नुको साथै झोडाले रोडको अरु भाग पनि तान्न लागेको देखिएको छ, जसको कारण पुलिस प्रशासनले यस रोडमा गाडीहरु कुदाउन बन्द गरेको छ। उक्त रोडको निरीक्षण गर्नलाई 28 नम्बर खरसाङ चिमनी देवराली समष्टिको सभासद श्याम शेर्पा पुगेका थिए। उनले यस रोडको निरीक्षण गरेर जीटीए प्रमुख कार्यपाल अनित थापालाई जानकारी गराएर सम्बन्धित विभागसित बसेर कार्य थालि हाल्ने निर्देशन दिइएको सभासद श्याम शेर्पाले बताए।
