सूचना अनि सांस्कृतिक विभाग खरसाङ्को आयोजनामा कवि गुरु रवीन्द्रनाथ ठाकुरको वाइसे श्रावण दिवस पालन

Share this news

खरसाङ, (निसं)ः खरसाङ महकुमा सूचना अनि सांस्कृतिक विभाग अनि सुकना उच्चतर माध्यमिक विद्यालयको संयुक्त आयोजनामा कवि गुरु रवीन्द्रनाथ ठाकुरको वाइसे श्रावण दिवस पालन गरिएको छ। विद्यालयको प्रेक्षागृहमा सम्पन्न कार्यक्रमको अध्यक्षता शिक्षक प्रभारी वीरेन खातीले गरेका थिए। सूचना अनि सांस्कृतिक विभागको अधिकारी अनिर्बन दाम प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रुपमा दिपककुमार कर्माकार, सत्यजीत मुखर्जी उपस्थित रहेका थिए। शिक्षक कृष्ण छेत्रीले सञ्चालन गरेको कार्यक्रममा नृत्यागनी नृत्य अकाडेमी सिलगढ़ीका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए अनि शिक्षिका लोपामुद्रा घोषद्वारा गीत प्रस्तुत गरिएको थियो। त्यसरी नै सत्यजीत मुखर्जी र तानिया चौधरीद्वारा गीत प्रस्तुत गरिएको थियो। कार्यक्रममा बाह्रौँ श्रेणीका छात्रा सम्पदा छेत्रीद्वारा नृत्य एंव जिया तामाङद्वारा कवि गुरु रवीन्द्रनाथ ठाकुरको छोटो परिचय प्रस्तुत गरिएको थियो। कार्यक्रममा शिक्षक प्रभारी वीरेन खातीले खरसाङ महकुमा सूचना अनि सांस्कृतिक विभागप्रति आभार प्रकट गर्दै कार्यक्रममा उपस्थित सबै शिक्षक-शिक्षिका, विद्यार्थी, कालाकरहरु सबैलाई धन्यवाद दिएका छन्‌‍।


Share this news
आजको रोजाइ
सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

“नेतृत्व पद होइन, उपस्थिति हो” विधायक जिम्बा

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न

बौद्ध धर्म गुरु स्याङ्देन म्हेमेको अन्तिम संस्कार सम्पन्न