सूचना अनि सांस्कृतिक विभाग खरसाङ्को आयोजनामा कवि गुरु रवीन्द्रनाथ ठाकुरको वाइसे श्रावण दिवस पालन

Share this news

खरसाङ, (निसं)ः खरसाङ महकुमा सूचना अनि सांस्कृतिक विभाग अनि सुकना उच्चतर माध्यमिक विद्यालयको संयुक्त आयोजनामा कवि गुरु रवीन्द्रनाथ ठाकुरको वाइसे श्रावण दिवस पालन गरिएको छ। विद्यालयको प्रेक्षागृहमा सम्पन्न कार्यक्रमको अध्यक्षता शिक्षक प्रभारी वीरेन खातीले गरेका थिए। सूचना अनि सांस्कृतिक विभागको अधिकारी अनिर्बन दाम प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रुपमा दिपककुमार कर्माकार, सत्यजीत मुखर्जी उपस्थित रहेका थिए। शिक्षक कृष्ण छेत्रीले सञ्चालन गरेको कार्यक्रममा नृत्यागनी नृत्य अकाडेमी सिलगढ़ीका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए अनि शिक्षिका लोपामुद्रा घोषद्वारा गीत प्रस्तुत गरिएको थियो। त्यसरी नै सत्यजीत मुखर्जी र तानिया चौधरीद्वारा गीत प्रस्तुत गरिएको थियो। कार्यक्रममा बाह्रौँ श्रेणीका छात्रा सम्पदा छेत्रीद्वारा नृत्य एंव जिया तामाङद्वारा कवि गुरु रवीन्द्रनाथ ठाकुरको छोटो परिचय प्रस्तुत गरिएको थियो। कार्यक्रममा शिक्षक प्रभारी वीरेन खातीले खरसाङ महकुमा सूचना अनि सांस्कृतिक विभागप्रति आभार प्रकट गर्दै कार्यक्रममा उपस्थित सबै शिक्षक-शिक्षिका, विद्यार्थी, कालाकरहरु सबैलाई धन्यवाद दिएका छन्‌‍।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ