बौद्ध धर्मगुरू कृति रिम्पोर्छेको ८३औं जयन्ती पालन

Share this news

११औं बौद्ध धर्मगुरू अवतारी कृति रिम्पोर्छेको ८३ वर्षीय जन्म जयन्ती विविध कार्यक्रमको साथमा पालन गरियो। युवक संघ प्राथामिक पाठशाला र कृति गुम्बा सुकेपोखरीले रिम्पोर्छेको तस्बीरमा दीप प्रज्व्तलन गरी बौद्ध परम्परा अनुसार पूजा अर्चना गर्दै केक काटेर पाठशालाका शिक्षक शिक्षिका एवं गुम्बाका लामाहरूले उक्त जयन्ती पालन गरे। यस अवधि गुम्बाका लामाहरूले रिन्पोर्छेको जन्म जयन्तीलाई प्रभावकारी बनाउन तथा पर्यावरण संरक्षणमाथि जोर दिंदै दुवै पक्षले रिन्पोर्छेको नाममा वृक्ष रोपन कार्यक्रम पनि सम्पन्न गरे। वृक्ष रोपन कार्यक्रम गुम्बाको परिसर अनि संग्लग्न क्षेत्रमा विगत वर्ष झैं यस बर्ष पनि सम्पन्न गरियो। प्रति वर्ष पाठशालाका बिद्यार्थीलाई सहभागी बनाई सहयोग पुराएकोमा युवक संघ प्राथमिक पाठशालाका प्रधान शिक्षिका पासांग शेर्पाले गुम्बाप्रति आभार प्रकट गरेको गुम्बाका प्रमुख कथुप लामाले जानकारी गराएका छन्।

83rd birth anniversary

 


Share this news
आजको रोजाइ
तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक