खरसाङ नगरपालिका ठेकेदार वेलफेयर संगठनको सभा सम्पन्न

Share this news

खरसाङ, (निसं): खरसाङ नगरपालिका ठेकेदार वेलफेयर संगठनको एक सभा अध्यक्ष शरद प्रधानको सभापतित्वमा बुधबार सम्पन्न भयो। सभामा ठेकेदार संगठन विषयमा धेरै सर-सल्लाह र चर्चा-परिचर्चा गरियो। खरसाङ नगरपालिका अन्तर्गत पर्ने वार्डहरुमा जति पनि विकासमूलक कार्यहरू भइरहेको छ ती सम्पूर्ण कामहरू नै पूर्ण सरकारी मापदण्ड अनुरुप स्तरीय रूपमा भईरहेको जानकारी पनि सभामा गराइएको छ। ठेकेदार संगठन विकासमूलक कार्यहरूमा मात्र सीमित नरहेर खरसाङ्को भलाईको निम्ति सदैव तत्पर रहेको पनि सभामा जानकारी गराइयो।यसै सभामा देबु गुरुङ, विष्णु तिरूवा अनि पासाङ लामाले खरसाङ नगरपालिका ठेकेदार वेलफेयर संगठनमार्फत अनित थापाको नेतृत्वलाई आत्मासात गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीलाई समर्थन जनाएका छन्‌‍। उनीहरूलाई संगठनको सभापति शरद प्रधान र उप सभापति प्रेमेन्द्र गुरूङले उपस्थित सम्पूर्ण सदस्यहरुको सामु खदा लगाएर पार्टीमा प्रवेश गराए। अब उप्रान्त संगठनसंग समर्पित रहेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीमा एकबद्ध भई काम गर्ने उनीहरूले मन्तब्य राखेको जानकारी वीरबल पाखरीनले दिएका छन्‌‍।


Share this news
आजको रोजाइ
खरसाङका दुई खेलाड़ी राज्यस्तरीय जुडो प्रतियोगितामा

खरसाङका दुई खेलाड़ी राज्यस्तरीय जुडो प्रतियोगितामा

गुराँस परिवार समाजद्वारा सफाई अभियान

गुराँस परिवार समाजद्वारा सफाई अभियान

खरसाङ नगरपालिका ठेकेदार वेलफेयर संगठनको सभा सम्पन्न

खरसाङ नगरपालिका ठेकेदार वेलफेयर संगठनको सभा सम्पन्न

दुधेमाथि जोरोबाट पोख्रेबुङ निस्कने सड़क वैकल्पिक मार्ग बन्न सक्ने प्रबल सम्भावना

दुधेमाथि जोरोबाट पोख्रेबुङ निस्कने सड़क वैकल्पिक मार्ग बन्न सक्ने प्रबल सम्भावना

टिस्टा प्रभावित क्षेत्रको निम्ति तत्काल कदम उठाउने माग गर्दै प्रधानमन्त्रीलाई बीपी बजगाईँको पत्र

टिस्टा प्रभावित क्षेत्रको निम्ति तत्काल कदम उठाउने माग गर्दै प्रधानमन्त्रीलाई बीपी बजगाईँको पत्र

अर्किड उत्पादन सम्बन्धी प्रशिक्षण कार्यक्रमको सत्र

अर्किड उत्पादन सम्बन्धी प्रशिक्षण कार्यक्रमको सत्र

तेन्डोङ ल्हो रम फाट समितिद्वारा राज्यस्तरीय प्रतियोगिता

तेन्डोङ ल्हो रम फाट समितिद्वारा राज्यस्तरीय प्रतियोगिता

जोरथाङमा विश्व स्तनपान सप्ताह सफलतापूर्वक पालन

जोरथाङमा विश्व स्तनपान सप्ताह सफलतापूर्वक पालन

स्वतन्त्रता दिवस कप, दिल्लीमा गितडब्लिङका छात्राहरू

स्वतन्त्रता दिवस कप, दिल्लीमा गितडब्लिङका छात्राहरू

अन्तःशुल्क कानूनहरूमा पुन:तालिम तालिम सञ्चालन

अन्तःशुल्क कानूनहरूमा पुन:तालिम तालिम सञ्चालन

आजको रोजाइ