समष्टि स्तरीय स्वतन्त्रता दिवस समारोहको तयारी 

Share this news

रिम्बिक, 7 अगस्ट(निसं): रिम्बिक-लोधोमा समष्टिमा समष्टि स्तरीय 79औँ स्वतन्त्रता दिवस समारोह पालनको निम्ति धमाधम तयारी भइरहेको छ। यसपाली स्वतन्त्रता दिवस समारोह लोधोमा स्थित लोधोमा जन खेल मैदानमा हुने निश्चित भएपछि सम्बन्धित सम्पूर्ण प्रतिनिधिहरुले मैदानलाई  सफा अनि सुन्दरीकरण गर्ने कार्य गरिरहेका छन। यस अवधि आज क्षेत्रिय सभासद नोर्देन शेर्पाले स्थलगत भ्रमण गर्दै तयारीको निरक्षण गरे। समष्टिका विभिन्न विद्यालय, भूतपूर्व सैनिक संगठन,  लोधोमा पुलिस प्रशासन, स्वास्थ्य कर्मी , अन्य विभिन्न संघ-संस्था लगायत सम्पूर्ण समाजका प्रतिनिधिहरुलाई लिएर स्वतंत्रता दिवस सम्बन्धि एक सभा सम्पन्न भयो। सभामा स्वतन्त्रता दिवस समारोहमा क्षेत्रका  13 वटा विद्यालयका लगभग सात सय जना भन्दा अधिक विद्यार्थीहरुले मार्चपास, ड्रिल, संस्कृतिक नृत्य लगायत फुटबल प्रतियोगिता हुने, स्वतन्त्रता समारोह आयोजक पक्षले जानकारी दिएको छ। उक्त दिन क्षेत्रका विभिन्न विधामा जस्तै आइपीएस, आईएएस, आईएफएस, डब्लुबीसीएस, एमबीबीएस, पीएचडी, साहित्य अकादमी युवा पुरस्कार प्रापक, ट्रेल रनर अनि माउन्ट एभरेस्टरहरुलाई सम्मान जनाउने भएको छ भने यस वर्ष माध्यमिक अनि उच्च माध्यमिक परिक्षामा उत्कृष्ट अङ्ककासाथ उत्तीर्ण हुने विद्यार्थीहरुलाई पनि सम्बर्द्धना जनाउने भएको आयोजक पक्षले जानकारी दिएका छन्। समारोह अवधि विद्यार्थीहरुको स्वास्थ्य अनि सुरक्षाको निम्ति स्वास्थ्यकर्मी लगायत पुलिस प्रशासनले कडा निगरानी गरिने छ। स्वतन्त्रता दिवस फुटबल प्रतियोगिताको भोलिदेखि लिग म्याच शुरू हुने पनि जनाइएको छ।


Share this news
आजको रोजाइ
सि. एथलेटिक संघद्वारा राष्ट्रिय भाला दिवस पालन

सि. एथलेटिक संघद्वारा राष्ट्रिय भाला दिवस पालन

स्वाधीनता दिवस मिरिकमा अनित थापा मुख्य अतिथि

स्वाधीनता दिवस मिरिकमा अनित थापा मुख्य अतिथि

महिनाव्यापी श्रीमद वितक साहेब चर्चाको आरम्भ

महिनाव्यापी श्रीमद वितक साहेब चर्चाको आरम्भ

“स्तनपानमा लगानी गरौं, भविष्यमा लगानी गरौं”

“स्तनपानमा लगानी गरौं, भविष्यमा लगानी गरौं”

सोममाया फुरूम्बोद्वारा दुइ कार्यक्रमको निम्तो दिंदै

सोममाया फुरूम्बोद्वारा दुइ कार्यक्रमको निम्तो दिंदै

विधायक सुब्बाद्वारा तामाबुङ विद्यालय भ्रमण

विधायक सुब्बाद्वारा तामाबुङ विद्यालय भ्रमण

एसडीएफका 12 परिवारद्वारा एसकेएमको समर्थन

एसडीएफका 12 परिवारद्वारा एसकेएमको समर्थन

पोखरीलाई बचाउन आर्थिक सहयोगको अपील

पोखरीलाई बचाउन आर्थिक सहयोगको अपील

सिक्किम निर्मित नन ड्युटी पेड मदिरा जफ्त

सिक्किम निर्मित नन ड्युटी पेड मदिरा जफ्त

शंकर घोषको बयानको प्रतिक्रियामा राब्गे राईको पत्र

शंकर घोषको बयानको प्रतिक्रियामा राब्गे राईको पत्र