तीनधारे हिल 10 किलोमीटर दौडको प्रमोशनको लागि दार्जीलिङदेखि तीनधारेसम्म प्रमोशनल दौडको आयोजन सोमबार गरिएको थियो। तीनधारेमा आगामी 7 सेप्टेम्बरमा हुने हिल 10 किलोमीटर दौड प्रतियोगितालाई लिएर हिमालयन रनर घुम दार्जीलिङका 40 जना धावकहरु बिहान 3 बजी दार्जीलिङदेखि तीनधारेसम्म कुदेर आएका थिए। ती सबै रनहरुलाई आयोजक समितिले स्वागत जनाएका थिए। आयोजक समितिको तर्फबाट सभासद नवराज छेत्री अनि युवराज सुन्दास र अन्यले स्वागत जनाएका थिए। सबै रनरहरुलाई आयोजक समितिको तर्फबाट तीनधारेको महात्मा गाँधी हलमा स्वागत जनाइएको थियो। उल्लेखनीय छ तीनधारेमा आगामी 7 सेप्टेम्बरमा हिल 10 किलोमीटर रन ड्रग्समुक्त हिल र ड्रग्स रोकथामको लागि साथै स्वास्थ्य नै धन हो भन्ने उद्देश्यका साथमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टि र तीनधारे नर्सको संयुक्त तत्वावधानमा आयोजना गरिएको छ। उक्त प्रतियोगितालाई लिएर हालमा ट्रायल रनिङ्ग र प्रमोशनल रनिङ्ग आयोजना भइरहेको छ।
