submission of works
submission of works

चौथो शशीप्रभा पुरस्कारको लागि कृति पठाउने अनुरोध

Share this news

साहित्यकार विजय वान्तवा “कैलाशी”द्वारा हरेक बर्ष प्रदान गरिने चौथो शशीप्रभा स्मृति पुरस्कार २०२५ को निम्ति साहित्य सर्जकहरूप्रति कृतिहरू पठाइदिने आव्हान गरिएको छ। साहित्य सुनौं परिवार, मिरिक र रिपोटर्स क्लब अफ मिरिकको संयुक्त सभा शशी प्रभा स्मृति पुरस्कारदाता साहित्यकार विजय वान्तवा कैलाशीको अध्यक्षतामा साहित्य सुनौं परिवारका मूलसचिव वाइ. एन. ढकालका वासगृहमा बसेको थियो। चर्चा परिचर्चापछि यस वर्ष २०२५ को चौथो शशीप्रभा स्मृति पुरस्कार समारोह साहित्य सुनौं परिवार अनि रिपोटर्स क्लब अफ मिरिकले संयुक्त रूपमा आयोजना गर्ने निर्णय गरियो। यो सभामा साहित्य सुनौं परिवार मिरिकको पक्षबाट संस्थाका मूलसचिव वाइ. एन. ढकाल र सह सचिव अजम प्रधान उपस्थित थिए भने रिपोटर्स क्लब अफ मिरिकको पक्षबाट अध्यक्ष मुस्कान राई “खेसहाङ “अनि सचिव प्रवेश हाङखिम, उपध्याक्ष बिनोद प्रसाईं अनि कोषाध्यक्ष विषण राई उपस्थित थिए। सभामा पुरस्कारको निम्ति अनुवाद साहित्यिक कृति छोडेर २०२३ देखि २०२५ सम्म प्रकाशित भारतीय नेपाली साहित्यकारहरूको विभिन्न विधामा लेखिएका नेपाली कृतिहरू पुरस्कार छनौटको निम्ति ३ प्रति आगामी १० सेप्टेम्बर २०२५सम्म अध्यक्ष/सचिव ,साहित्य सुनौं परिवार मिरिक, स्टेट ब्यांक बिल्डिङ्गको तल्लो तला, कृष्णनगर मिरिक, हुलाक मिरिक ७३४२१४, दार्जीलिङ, पश्चिम बंगालको ठेगानामा पठाउन पर्नेछ।
शशीप्रभा स्मृति पुरस्कारको नगद राशि रूपियाँ पचास हजार (रूपियाँ ५००००) रहेको छ। यसका लागि मिरिकमा एक भव्य साहित्यिक कार्यक्रमबीच पुरस्कार अलङ्करण गरिने साहित्य सुनौं परिवारका सहासचिव अजम प्रधानले जनाएका छन्।

submission of works

Share this news
आजको रोजाइ
‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

आजको रोजाइ