elected president of Sadar 2

गोरामुमो दा. सदर २ का अध्यक्ष चुनिए शिशिर राई

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो सांगठनिक बिस्तारलाई तीब्रता दिंदै व्यापक छलफल गरी सदर २ को अध्यक्ष पदमा शिशिर राईलाई सर्वसम्मतिले चयन गरिएको छ। यसैगरी उपाध्यक्षमा मदन तामाङ, बिमल तामाङ, मूल सचिवमा उत्तम मुखिया, सहसचिवमा रबि प्रधान, प्रमुख सल्लाहकारहरुमा, मणिकला तामाङ, के बी गुरुङ, अञ्जलि तामाङ चयन गरिएका छन्। यसै गरी ३० नम्बर वार्डको अध्यक्ष पदमा गोबिन्द दर्नाल, २३ नम्बर वार्डमा प्रकाश छेत्री, १४ नम्बर वार्डमा भीम थामीलाई चयन गरिएका छन्। गोरामुमो केन्द्रीय समिति प्रवक्ता वाई लामाको प्रमुख उपस्थितिमा गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत सदर २ समष्टिको सांगठनिक सभा गोरामुमो केन्द्रीय समिति सदस्या श्रीमती मणिकला तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त सभामा यी नयाँ पदाधिकारीहरू चुनिएका हुन्।
चयन गरिएका सम्पूर्ण नयाँ प्रतिनिधिबर्गलाई वाई लामाद्वारा वधाइ अनि शुभकामना दिंदै नियुक्ति पत्र हस्तान्तरण गरेका छन्। पार्टीको सांगठनिक बिस्तार अनि मजबुतीको निम्ति नयाँ प्रतिनिधिबर्गले पार्टीको सिद्धान्त अनि अनुशासनमा रहेर कार्य गर्ने वाई लामाले दिशा निर्देश समेत दिएको दिनेस साम्पाङले जानकारी दिएका छन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न