खरसाङ, (निसं): खरसाङ स्थित चलाएर क्षेत्रमा सर-सफाईको कार्य सम्पन्न गरेको छ। समितिबाट पाइएको जानकारी अनुसार आगामी 16 अगस्तमा सम्पन्न हुने समितिको 79 औँ स्थापना दिवसलाई लक्षित गरेर नै उक्त सर-सफाई कार्यक्रमको आयोजना गरिएको हो। सफाई अभियान अन्तर्गत बाटो र नालीहरूको सफाई, झारपातको कटाई, साथै ब्लिचिङ पाउडर छर्किने कार्य गरिएको समितिले जनाएको छ। अभियानमा समितिका सदस्यहरूको सक्रिय सहभागिता रहोको थियो। समितिका सदस्य देबु गुरूङले अभियानको उद्देश्यबारे जानकारी दिँदै भने, स्थानीय सर-सफाई हाम्रो साझा जिम्मेवारी हो। आगामी स्थापना दिवसलाई लक्षित गरेर हामीले बस्तीलाई सफा, स्वस्थ र व्यवस्थित बनाउन यो अभियान थालेका हैाँं।स्थानीय बासिन्दाहरूले समितिको यो प्रयासको स्वागत गर्दै भविष्यमा पनि यस्ता अभियान निरन्तर चलिरहुनुपर्ने सुझाव पनि दिए भनी जानकारी पाइएको छ।
