खरसाङ, (निसं): खरसाङ शहरलाई स्वच्छ र सफा राख्नको निम्ति नगरपालिकाको दायित्य हो भने यसमा नगरवासीको दायित्व पनि त्यतिकै रहन्छ। नगरपालिकाका कर्मचारीहरूले विभिन्न स्थानबाट फोहोर-मैला संग्रह गरेर सुन्तलेको ट्रिट्मेन्ट प्लान्टमा लैजाने गर्छन्। नगरपालिका कर्मचारीहरूलाई आफ्नो घर-दोकान, कार्यालय, रेस्टुरेन्ट, होटलबाट निस्किएको फोहोर-मैला दिने नगरवासीको दायित्व हो तर कतिपयले फहोर-मैला जतासुकै फाल्ने गर्छन्, झोड़ा-नाला अथवा आफूलाई सजिलो स्थानमा फालिदिन्छन्, यसो गर्नु गलत हो भनी सुधपा टोलको कप्तान सुरज शर्म पथमा हिँड़िरहेका कतिपय व्यक्तिहरूले बताए। सुधपा टोलको यस पथमा कतिपय मानिसहरूले फालेको फोहोर-मैला सड़कम बिचैमा छरिएको अवस्थामा थियो। घरबाट अथवा होटलको फालिएको खानेकुरो प्लास्टिकको थैलामा हालेर यहाँ फालिएको थियो। उक्त खानेकुरो कुकुरहरूले खाइरहेका थिए। सड़कमा फालिएको उक्त फोहोर-मैलाबाट दुर्गन्ध आइरहेको मानिसहरूले बताए भने कतिपयले फोहोर-मैलामा मानिसको मल रहेको पनि दावी गरिरहेका थिए। यसरी सड़मा फोहोर-मैला फालिएकोले मोटर बाईक-स्कुटी वा गाड़ीहरू चिप्लिने सम्भावना पनि बनेको बनेको थियो। विगत केही वर्षदेखि खरसाङ नगरपालिकाले घर-दैलो फोहोर-मैला संकलन गर्ने गरेको छ। शहरी क्षेत्रमा प्रत्येक दिन फोहोर-मैला उठाइने गरिन्छ भने शहरदेखि बाहिरका क्षेत्रहरूमा हप्तामा दुई अथवा तीन पल्ट फोहोर मैला संकलन गर्ने गरिन्छ। नगरपालिकाले यसरी घर-दैलो फोहोर-मैला संकलन गर्ने कार्य गरिरहेको भए तापनि कतिपय मानिसहरूले यस प्रकार फोहोर-मैला सड़क, नाली, झोड़ा, बाटो किनार, कुनाकाप्चामा फाल्ने गरेका पाइएको छ।
