71 families

दानपावा 5-6 का 71 परिवार भागोप्रमोमा सामेल

Share this news

BGPM पार्टी पहाडको भविष्य हो। ययो राजनैतिक दल मात्र नभई पहाडको नयाँ सोच पनि भएको अनित थापाले दावि गरेका छन्।
दार्जीलिङ ब्लुमफिल्ड ऋषिहाट समष्टि अन्तर्गत नगरपालिका क्षेत्रको 5 अनि 6 वार्डमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको समर्थन कार्यक्रम आइतबार आयोजन गरिएको थियो। केन्द्रिय अध्यक्ष अनित थापाको उपस्थितिमा महासचिव अमर लामाको बाहुलीबाट लगभग 71 परिवारले पार्टीको झण्डा ग्रहण गरेका थिए।
समर्थन सभालाई सम्बोधन गर्दै अनित थापाले भने-BGPM पार्टी पहाडको भविष्य हो। हामी राजनैतिक दल मात्र होइनौं तर पहाडको नयाँ सोच पनि हौं। हामी दलको अस्तित्वको लडाईंमा होइन, पहाडको अनि समाजको परिवर्तनको सङ्घर्षमा मैदानमा उत्रेका छौं भन्ने बताए।
थापाले, चुनाव जित्ने हाम्रो रहर होइन। चुनाव जिताउने काम त जनताले गर्छ। उहाँहरूको सोचले चुनाव जिताउँछ। उहाँहरुले हाम्रो काम, व्यवहार, सोचलाई कसरी अनुभव गर्छन् त्यसैको आधारमा हामीलाई भोट दिन्छन् या दिँदैनन्। त्यसैले चुनावमा जित्छु भनेर हामी काम गर्दैनौं तर हाम्रो कामले कसरी समाजको सेवा हुन्छ अनि व्यक्तिको सोचलाई परिवर्तन गर्छ, त्यो हाम्रो उद्देश्य भएको बताए। उनले हाम्रो राजनीति समाज परिवर्तनको राजनीति हो भन्दै सत्ता मोहको राजनीति नभएको बताए।


Share this news
आजको रोजाइ
छेवाङ भुटियाले विश्व लिफ्टिङमा दिलाए 2 स्वर्ण पदक

छेवाङ भुटियाले विश्व लिफ्टिङमा दिलाए 2 स्वर्ण पदक

बयोवृद्धा ठूली छेत्रीले मनिषा छेत्रीलाई दिइन् आशीर्वाद

बयोवृद्धा ठूली छेत्रीले मनिषा छेत्रीलाई दिइन् आशीर्वाद

मेरो भोइसकी दक्षता गुरूङले भावुक बनेर आँशु खसालिन्

मेरो भोइसकी दक्षता गुरूङले भावुक बनेर आँशु खसालिन्

जीटीए आइडल ग्राण्ड फिनाले गरियो स्थगित

जीटीए आइडल ग्राण्ड फिनाले गरियो स्थगित

राष्ट्रिय जुनियर बक्सिङ्ग टुर्नामेण्ट-मा पहाडका ६ खेलाडी

राष्ट्रिय जुनियर बक्सिङ्ग टुर्नामेण्ट-मा पहाडका ६ खेलाडी

MWAC को निष्क्रियतामाथि क्रामाकपाको क्षोभ

MWAC को निष्क्रियतामाथि क्रामाकपाको क्षोभ

‘संकल्प पत्र’को सम्झना गराउँदै भाजपालाई पत्राचार

‘संकल्प पत्र’को सम्झना गराउँदै भाजपालाई पत्राचार

सफाइकर्मीहरुको वेतन बडोत्तरी गरिनपर्ने माग

सफाइकर्मीहरुको वेतन बडोत्तरी गरिनपर्ने माग

गोरामुमो दा. सदर २ का अध्यक्ष चुनिए शिशिर राई

गोरामुमो दा. सदर २ का अध्यक्ष चुनिए शिशिर राई

चिम्नी देवराली क्षेत्रका 1 सय 50 परिवारलाई तारपोलिन, कम्बर, साड़ी वितरण

चिम्नी देवराली क्षेत्रका 1 सय 50 परिवारलाई तारपोलिन, कम्बर, साड़ी वितरण