जल बिद्युत कर्मचारी संगठनको सभा सम्पन्न

Share this news

रिम्बिक, 4 अगस्त(निसं): विद्युत कर्मचारी छाता संगठन दार्जीलिङ जिल्ला जल विद्युत कर्मचारी संगठनको एक महत्वपूर्ण सभा लोधोमाको सार्वजनिक भवनमा सम्पन्न भयो। सभामा विद्युत विभागमा कार्यरत अस्थायी कर्मचारीहरुको उपस्थिति रहेको थियो। सभामा संगठनको उद्देश्य कार्य प्रणाली आदि बारे उपस्थित कर्मचारीहरुलाई अवगत गराइएको थियो। संगठनका सभापति मधुकर प्रधानले सभापछि मिडिया-सितको अन्तर्क्रियामा  सभामा क्षेत्रका धेरै बिजुली बिभागसित जोडिएका कर्मचारीहरु संगठनमा सामेल भएको जानकारी दिए। उनीले हाल बिजुली विभागका कर्मचारीहरुको अवस्था नाजुक अनि दयानीय बन्दै आएको भन्दै आगामी दिनमा भव्य सभाको आयोजना गर्ने जानकारी दिए। उनीले यस क्षेत्रमा धेरै समय अघिदेखि कार्यरत कर्मचारीहरु रहेको तथा उनीहरुलाई एकै मञ्चमा भेला गराई एक समिति गठन गरिने बताए। यसका साथै उनीले अर्को सभामा यहाँका सम्पुर्ण कर्मचारीहरुलाई उपस्थित गराउने बताए। उनले यहाँका कर्मचारीहरु सकारात्मक रहेको भन्दै हालै तकदाहमा भएको घटनाको निन्दा गरे। उनीले उक्त घटनाको छानबिन सठिक हुनु पर्ने भन्दै पिडित कर्मचारीले न्याय पाउनु पर्ने माग गरे। उनले उपभोक्ताहरुको गुनासो सही रहेको तर कर्मचारीहरुमाथि शारीरिक आक्रमण गर्न नमिल्ने बताए।  सभामा   विद्युत बिभागमा अस्थायी रूपमा कार्यरत कर्मचारीहरुको अधिकार, सुरक्षा अनि संगठनको अन्य गतिविधिहरूको गहन रूपमा चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ।

Share this news
आजको रोजाइ
आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

आजको रोजाइ