शारदेश्वरी विद्यालयलद्वारा से यस टु लाइफ नो ड्रग्स- जनचेतनामूलक कार्यक्रम 

Share this news

दार्जीलिङ,4 अगस्त(निसं): शारदेश्वरी सरकारी कन्या उच्च माध्यमिक विद्यालयलद्वारा से यस टु लाइफ नो ड्रग्स- जनचेतनामूलक अभियान व्यापक रूपमा आयोजना गरियो । यस कार्यक्रमको आयोजन दार्जीलिङ जिल्ला प्रहरी, भोटे बस्ती सेक्टरको सहकार्यमा गरिएको थियो।
कार्यक्रमलाई भोटे बस्ती सेक्टरका थाना प्रमुख (ओसी) सब-इन्स्पेक्टर विजय थामी, लेबोङ सेक्टर ओसी सब-इन्स्पेक्टर राम दावा आले, आशा होप फाउण्डेशन दार्जीलिङका अनिल सुब्बा, साइबर क्राईम कन्स्टेबल बिस्वजीत मल्लिक र मेघना सुब्बाले सञ्चालन गरिन्। यस अभियानमा जिल्ला क्रीम रेकर्ड ब्युरो दार्जीलिङका होम गार्ड भविन तामाङले पनि सहयोग पुर्‍याएका थिए भनी विद्यालयले जानकारी गराएको छ।
जिल्ला प्रहरीद्वारा आयोजित जनचेतनामूलक कार्यक्रम अन्तर्गत चोइस इज युवर्स  र साङ्गेस जर्नी नामको छोटो चलचित्र प्रदर्शन गरिएको थियो जसले विद्यार्थीहरूलाई लागूपदार्थको प्रयोग र दुर्व्यसन सम्बन्धी जानकारी प्रदान गर्‍यो। यसका साथै मानव तस्करी, साइबर अपराध, बालश्रम, लागूपदार्थ तथा मनोउत्तेजक पदार्थ सम्बन्धी ऐन (एनडीपीएस एक्ट  1985), पोक्सो ऐन लगायत विभिन्न सामाजिक विकृतिहरूको बारेमा विद्यार्थीहरूलाई जानकारी दिइयो ।  शारदेश्वरी सरकारी कन्या उच्च माध्यमिक विद्यालयलद्वारा से यस टु लाइफ नो ड्रग्स  जनचेतनामूलक अभियान व्यापक रूपमा आयोजना गरियो । यस कार्यक्रमको आयोजन दार्जीलिङ जिल्ला प्रहरी, भोटे बस्ती सेक्टरको सहकार्यमा गरिएको थियो।

विद्यालयका विद्यार्थीहरूले पनी, लागूपदार्थ सम्बन्धी छोटो नाटक एवं भाषण तथा नृत्य प्रस्तुत गरी कार्यक्रमलाई आकर्षक बनाए। विद्यालयमा सञ्चालन गरिएको उक्त जनचेतना कार्यक्रम विद्यार्थीहरूमा सन्देश फैलाउने दृष्टिले अत्यन्त सफल रह्यो। शारदेश्वरी सरकारी कन्या उच्च माध्यमिक विद्यालय यस महान् जनचेतना अभियानका लागि दार्जिलिङ जिल्ला प्रहरी र आशा होप फाउण्डेशनप्रति अत्यन्त आभारी छ। विद्यालयले भविष्यमा पनि अभिभावकलाई पनि सामेल गरेर यस्तो जनचेतनामूलक कार्यक्रम राख्ने इच्छा व्यक्त गरेका छन् ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ