दुई दिनमा बाँदरको आक्रमणमा तीन घाइते

Share this news

खरसाङ, (मोहन प्रसाद): खरसाङ्मा फेरि बेग्ला-बेग्लै घटनामा बाँदरको आक्रमणमा तीनजना घाइते बनेको जानकारी पाइएको छ। खरसाङ बजार क्षेत्रमा बाँदरको आतंक बढ्दै गइरहेको छ। प्राय: प्रति दिन नै बाँदरको उपद्रवले खरसाङ क्षेत्रको विभिन्न स्थानमा सबै वर्गका मानिसहरू भुक्तभोगी रहेका छन्‌‍। यस्तो परिस्थिति हुँदा-हुँदै पनि प्रशासन पक्षबाट बाँदरको समस्याको समाधानको निम्ति कुनै ठोस पाइला चालिएको देखिएको छैन। प्रायः प्रत्येक दिन बाँदरको उपद्रवबाट कुनै न कुनै घटनाहरू खरसाङ्मा भइ नै रहेको हुन्छ । यस अवधि गत दुई दिन भित्रमा खरसाङ्को बेग्ला-बेग्लै स्थानमा बाँदरको आक्रमणमा तीनजना मानिसहरूलाई घाइते बनेको खबर प्राप्त भएको छ। प्राप्त जानकारी अनुसार, शुक्रवार खरसाङ बजार क्षेत्रस्थित व्हाइट अर्किड होटल नजिक बाटोमा हिँडिरहेका एक व्यक्तिलाई बाँदरले एक्कासी आक्रमण गर्दा उक्त व्यक्ति घाइते बनेका थिए भने अर्को एउटा घटनामा स्कूलबाट फर्किरहेका एकजना शिक्षकलाई बाँदरले एक्कासी आक्रमण गर्दा उक्त शिक्षिक बाँदरबाट बाँच्न खोज्दा लड़ेर खुट्टा पनि भाँचिएर घाइते भएको जानकारी पाइएको छ। त्यसरी नै अर्को एउटा घटनामा वाहनमा बसिरहेको एउटा चालकलाई वाहनको छप्परबाट बाँदरले आक्रमण गर्दा घाइते बनोको थाहा लागेको छ। यसै गरी दुई दिन अघि सिटोङ्गामी एउटा गाड़ीको हुडमा राखिएको सामन बाँदरले निकालिदिएर छरपस्ट पारिदिएको र कतिपय सामन लगिदिएको थियो। बाँदरद्वारा घटित यस्ता घटनाहरू खरसाङ्मा प्रायः प्रत्येक दिन खरसाङ्मा घटिरहेको छ। यस प्रकार बाँदरको आक्रमणमा परेर चोट लागेका मानिसहरू प्रायः खरसाङ महकुमा अस्पतालमा उपचारको निम्ति आइरहने गरेको त्यहाँका स्वस्थ्यकर्मीहरूले बताएका छन्‌‍।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ