विद्यार्थी महासंघको आयोजनामा तर्क प्रतियोगिता आयोजना

Share this news

खरसाङ , (निसं): अखिल भारतीय गोर्खा विद्यार्थी महासंघको आयोजनामा 34 औँं भाषा मान्यता दिवसलाई मध्य नजर गर्दै जीटीए स्तरीय तर्क प्रतियोगिता आयोजना भईरहेको छ। यसै अनुसार पहिलो चरणको तर्क प्रतियोगिता अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ खरसाङ महकुमा समितिको आयोजनामा खरसाङ महाविद्यालयमा सम्पन्न भएको छ। यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा 28 नम्बर खरसाङ चिम्नी देवराली समष्टि सभासद श्याम शेर्पा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रुपमा खरसाङ महाविद्यालयका प्राचार्य डा. समीर बल उपस्थित रहेका थिए। यस तर्क प्रतियोगितामा चारवटा महाविद्यालयले सहभागिता जनाएका थिए जसमा खरसाङ महाविद्यालय, दार्जीलिङ पोलिटेकनिक कलेज खरसाङ, सोनादा डिग्री कलेज र सलेशियन कलेज सोनादा रहेका थिए। यस तर्क सभाको अध्यक्षता सालुगढ़ा हाई स्कूलका नेपाली विषयका शिक्षक सागर शर्माले गरेका थिए। तर्क प्रतियोगितालाई शिक्षक दिव्यत्तम अधिकारीले सञ्चालन गरेका थिए। यस तर्क सभाको विषय अंग्रेजी भाषाको अत्याधिक प्रयोगले नेपाली भाषा संकटमा छ कि छैन रहेको थियो। यसमा खरसाङ महाविद्यालय पक्षमा रहेको थियो अनि यस तर्क प्रतियोगितामा खरसाङ महाविद्यालयले सर्वाधिक अंक ल्याएर प्रथम हुँदै दार्जीलिङ्को अघिल्लो प्रतियोगिताको लागि चयन भएको छ। अब आगामी 9 अगस्तमा दार्जीलिङ्मा हुने सेमी फाइनलमा खरसाङ महाविद्यालय र कालेबुङ्माझ हुने भएको छ। यस कार्यक्रममा स्वागत सम्भाषण अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ खरसाङ महकुमा समिति महासचिव दयाराम शर्माले राखेका थिए भने धन्यवाद ज्ञापन तीनधारे महानदी समष्टिका सभापति सुभम प्रधानले राखेका थिए। अखिल भारतीय गोर्खा विद्यार्थी महासंघले भाषाप्रति माया र यसको संरक्षणको लागि पहल गर्दै तर्क प्रतियोगिता आयोजना गरिएको जानकारी महासचिव दयाराम शर्माले दिएका छन्‌‍। यस तर्क प्रतियोगितामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटी सभापति राजु शर्मा, कार्यवाहक सचिव बीरबल पाखरीन, नारी शक्ति खरसाङ महकुमा समितिका सभापति सबिता कार्की, रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालयकी शिक्षिका गोमा सुब्बा लगायत अन्यहरु उपस्थित रहेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ