हाम्रो गाउँ, हाम्रो समाधान योजना दार्जीलिङमा आरम्भ 

Share this news

दार्जीलिङ,3 अगस्त(निसं): पश्चिम बंगाल सरकारले जनताको सक्रिय सहभागिता र आवश्यकतालाई मध्यनजर गर्दै इतिहासमै पहिलो पटक व्यापक जनसमावेशी योजना हाम्रो गाउँ, हाम्रो समाधान- सार्वजनिक गरेको छ। राज्यकी  मुख्य मन्त्री ममता ब्यानर्जीको विशेष पहलमा प्रारम्भ गरिएको यस योजनाले राज्यको ग्रामीण तथा नगर क्षेत्रका प्रत्येक नागरिकलाई आफ्नो बुथ तथा क्षेत्रको विकास योजनामा प्रत्यक्ष संलग्न गराउने उद्देश्य राखेको छ।
यसै क्रममा दार्जीलिङ नगरपालिकाले शिविरको आराम घुम बोइज हायर सेकेण्डरी स्कुल-को प्रेक्षगृहबाट गरिएको छ। कार्यक्रममा दार्जीलिङ नगरपालिका अध्यक्ष दिपेन ठकुरी ,एसडीओ दार्जीलिङ रिचर्ड लेप्चा कार्यकारी अभियान्त्रीक दार्जीलिङ नगरपालिका दावा भोटिया लगायतको विशेष रूपमा उपस्तिथ थियो भने उपस्थित अधिकारीले स्थानीय जनसाधारणलाई योजनाबारे विस्तार रूपमा जानकारी गराएका थिए।
याद रहोस्, यस योजना अन्तर्गत राज्यभरि 27 हजार  भन्दा अधिक  शिविरहरू सञ्चालन गरिनेछ। लगभग 80 हजार  बुथहरूलाई समेटेर 2-3 बुथ मिलाएर प्रत्येक शिविर निर्माण गरिनेछ। प्रत्येक बुथका लागि 10 लाख रुपियाँको बजेट छुट्याइनेछ। यो रकम कुन क्षेत्रमा कसरी खर्च गर्ने भन्ने पूरा निर्णय स्थानीय जनताको हातमा हुनेछ। यस योजनाले शिक्षा, स्वास्थ्य, सरसफाइ, पानी, सडक, प्रकाश व्यवस्था, रोजगार, महिला सशक्तीकरण लगायत विविध क्षेत्रहरूमा स्थानीय आवश्यकता अनुसार विकास कार्य अघि बढाउनेछ। योजना जनताले बनाउने, जनताले चलाउने, र जनताले निगरानी गर्ने योजना रहेको बताइएको छ । यसका साथमा हाम्रो गाउँ, हाम्रो समाधान योजना भारतको इतिहासमा नै पहिलोपटक यस्तो स्तरमा जननिर्णयको आधारमा विकास निर्माण गर्ने प्रयास रहेको सम्बन्धित अधिकारीहरुको मन्तव्य रहेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ