जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको प्रतिनिधि टोलीको गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका मुख्य कार्यपाल अनित थापासँग भेटघाट

Share this news

खरसाङ, (निसं): इसाईहरूको छाता संगठनगरेको जानकारी प्राप्त भएको छ। भेटघाटको क्रममा गत 4 जुलाई 2025 को दिन भानु भवनमा आयोजित 174 औँ पादरी गंगाप्रसाद प्रधानको जन्मजयन्ती अनि पास्टर्स डे कार्यक्रमको प्रमुख अथितिको उपहार तथा मायाको चिनो जोइण्ट फोरमका अध्यक्षको बाहुलीबाट प्रदान गरियो तथा फोरमका प्रवक्ता पास्टर लोक विजय सुब्बाद्वारा खादा लगाएर सम्मान जनाइयो। त्यसरीनै पादरी गंगाप्रसाद प्रधानको नाममा प्रत्येक वर्ष 4 जुलाई क्षेत्रीय सरकारद्वारा एक दिन विदा गरिदिने मांग गरियो। अर्कोतिर जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गानाइजेशनलाई प्रमुख कार्यपालद्वारा दिइएका आश्वासनहरूलाई आधिकारिक रूपमा कार्यान्वयन गरिदिने आग्रह पनि गरियो। मुख्य कार्यपाल अनित थापाले गत 4 जुलाईको कार्यक्रममा चाहेर पनि आउन नसकेको बताउँदै क्षमा याचना गरे औ कार्यक्रम खुबै सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै बधाई दिए। तिनले एसोसिएशनको पक्षबाट माया र श्रद्धा गर्दै यसरी मायाको चिनो अनि उपहार प्रदान गरिएकोमा आभार प्रकट गरे। थापाले पादरी गंगाप्रसाद प्रधानको जन्मजयन्ती अवसरमा दिइने विदाबारे आगामी समयमा चाँडै विचार विमर्श गरिने बताए। तिनले अल्पसङ्ख्यकहरूको माझमा रहेर उनीहरूका विभिन्न समस्याहरूलाई लिएर धेरै कार्य गर्नुपर्छ भन्दै यसको निम्ति आगामी समयमा चाँडै जोइण्ट फोरमसँग एउटा बैठक गरिने पनि जानकारी दिए भनी विजय राईले जानकारी दिएका छन्‌‍।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ