वाणीश्री कल्याण समितिको नयाँ सदस्य-सदस्याहरुलाई स्वागत जनाउन कार्यक्रम सम्पन्न

Share this news

खरसाङ, (निसं): भएको छ। उक्त कार्यक्रम खरसाङ्कोगोर्खा जनपुस्तकालयस्थित डा. पारसमणि प्रेक्षागृहमा सम्पन्न भएको थियो। उक्त स्वागत कार्यक्रममको अध्यक्षता वाणीश्री कल्याण समितिको सभापति पी लक्की शेर्पाले गरेकी थिइन्‌‍ भने प्रमुख अतिथिको रुपमा वाणीश्री कल्याण समितिको संस्थापक सदस्य एंव गोर्खा जनपुस्तकालय खरसाङ्का उपाध्यक्ष प्रकाश प्रधान उपस्थित रहेका थिए। आकाशवाणी खरसाङ्मा कार्यरत्‌‍ अस्थायी उदघोषक उदघोषिकाहरुद्वारा गठित संस्था वाणीश्री कल्याण समितिमा नयाँ सामेल भएका सदस्य सदस्याहरुलाई स्वागत जनाउन वर्तमान कमिटीको आयोजनामा उक्त स्वागत कार्यक्रमको आयोजना गरिएको छ। सबिता छेत्रीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण साथै वाणीश्री कल्याण समितिको उद्देश्य विषयमा सचिव सिल्भेष्टर लेप्चाले वक्तव्य राखेका थिए। उनले वाणीश्री कल्याण समितिको सम्पूर्ण विवरण प्रस्तुत गर्दै अहिलेसम्म वाणीश्री कल्याण समितिले गरेका कामहरु र विभिन्न कार्यक्रमतिर सहभागिता जनाएको विवरणहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा स्वागत नृत्य सुप्रिया ठटालले प्रस्तुत गरिन्‌‍ भने सामुहिक गीत र नृत्य पुराना सदस्य सदस्याहरुले प्रस्तुत गरेका थिए। कार्यक्रममा वाणीश्री कल्याण समितिको हर हिसाब र नियमहरु विषयमा कोषाध्यक्षा चित्र आलेले विवरण प्रस्तुत गरिन्‌‍। उनले आकाशवाणी खरसाङ्मा कार्यरत्‌‍ वाणीश्री कल्याण समितिका सदस्य-सदस्याहरुका परिवारमा पर्न गएका दु:ख र सुखको कार्यहरुमा सामेल हुने गरेको साथै सबैको साथ र सहयोग हुनु पर्ने बताइन्‌‍। कार्यक्रममा वाणीश्री कल्याण समिति विषयमा हनोक थापाले पनि वक्तव्य राखेका थिए। उनले यो कुनै युनियन नभएर साथीहरुको दु:ख सुखमा सामेल हुने साथै मित्रवत्‌‍ सम्बन्ध कायम रहनलाई रहेको बताएका छन्‌‍। उनले भविष्यमा सम्पूर्ण संस्थापक सदस्यहरुलाई लिएर सबै मिलेर कार्यक्रम आयोजना गर्नु पर्ने र आगामी दिनमा सबै एकसाथ अघि जानु पर्ने आह्वान्‌‍ गरे। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित प्रकाश प्रधानलाई खदार्पणसहित स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो। त्यसरी वाणीश्रीको पुराना पदाधिकारीहरुलाई र पुराना सदस्याहरु र वर्तमान पदाधिकारीवर्गलाई पनि खदार्पणसहित स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएयो। यसै कार्यक्रममा वाणीश्री कल्याण समितिको नयाँ सदस्य सदस्याहरुलाई पनि खदार्पणसहित स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो। कार्यक्रममा प्रमुख अतिथि प्रकाश प्रधानले आफ्नो सम्बोधनमा वाणीश्री कल्याण समितिको स्थापना 1991-92 सालतिर भएको बताउँदै यसरी अहिलेसम्म वाणीश्री कल्याण समिति सक्रिय रहेकोमा खुशी व्यक्त गर्दै विभिन्न सुझावहरु राखेका थिए। उनले वाणीश्री कल्याण समितिको अन्य संस्थापक सदस्यहरुलाई पनि बोलाउनु पर्ने बताउँदै भविष्यमा सबैलाई समेटेर कार्यक्रम आयोजना गर्ने सुझाव दिएका छन्‌‍। उनले वर्तमानमा वाणीश्री कल्याण समितिको सम्पूर्ण सदस्य समस्याहरु सक्रिय र विभिन्नवधामा रहेको बताउँदै आफुलाई यस कार्यक्रममा निमन्त्रणा गरिएकोमा आभार प्रकट गरेका छन्‌‍। कार्यक्रममा सभाध्यक्षा पी लक्की शेर्पाले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै वाणीश्री कल्याण समितिको कार्यक्रममा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेकी छन्‌‍। कार्यक्रममा नयाँ सदस्य सदस्याहरुका तर्फबाट देवेन्द्र छेत्रीले सम्भाषण राख्दै आभार प्रकट गरेका छन्‌‍। कार्यक्रममा गायिका शोभना प्रधान, देवेन थापा गीत प्रस्तुत गरेका थिए भने नयाँ सदस्याहरुले समूह नृत्य प्रस्तुत गरेका थिए। त्यसरी सबिना गिरी र सिल्भेष्टर लेप्चाले पनि नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा म्यजिकल चेयर र बल पासिङ गेम पनि खेलाइएको थियो जसमा मनिष कानु र कल्पना छेत्री विजय बनेका छन्‌‍।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ