महल्दिरामदेखि जङ्गपानासम्म घिर्लिङ मार्फत चियापत्ती

Share this news

खरसाङ, (सुवास छेत्री): खरसाङ खण्ड अन्तर्गत जङ्गपाना चियाबारीमा अझ पनि घिर्लिङ्को सहायताद्वारा सिटोङ-महल्दिरामदेखि चियापत्ती ल्याउने कार्य गरिन्छ। प्रायः सय वर्ष पुग्न लागेको यस घिर्लिङले अझ पनि यथावत्‌‍ रूपमा कार्य गरिरहेको छ। यस घिर्लिङतको देखरेख अनि सञ्चालनमा खटिएका एक श्रमिक दिनेश गुरूङ अनुसार यो घिर्लिङ यहाँ कलकत्ताका एकजना मालिकले महल्दिराम अनि जङ्गपाना चियाबगान किनेपछि यहाँको एकजना गुरूङ बाबुको सहयोगमा यो घिर्लिङ बिछ्याउने कार्य गरिएको हो। यो घिर्लिङ प्रायः अस्सी वर्ष पुग्न लागेको जनाउँदै यसले महल्दिराम-सिटोङ क्षेत्रको चियापत्तीलाई जङ्गपाना ल्याउन धेरै सहज भएको बताए। हाल मेफियर्स कम्पनीद्वारा सञ्चालित यस जङ्गपाना चिया बगान खरसाङ शहरदेखि केही टाढ़ामा रहे तापनि यहाँको भौगोलिक सुन्दरता अनि यहाँ निर्मित रिसोर्टको कारण देशी, विदेशी पर्यटकहरू धेरै मात्रामा आउने गरेको स्थानीयहरूले जनाए। त्यसबाहेक पनि धेरै पुरानो यस घिर्लिङ पनि यस क्षेत्रको निम्ति एउटा आर्कषणको केन्द्रविन्दु बनेकोले यसको दृश्यावलोकन गर्न पनि पर्यटकहरू यहाँ धेरै मात्रामा आउने गरेको बताएका छन्‌‍। अहिले महानदीको घुम्ती चियाबारीदेखि जङ्गपना पुग्नको पनि सड़क मार्ग खुबै सुन्दर ढङ्गले निर्माण गरिएको छ। केही ठाउँमा उकालो छ तर अलकत्रे सड़कमा कतै पनि खाल्डाखुल्डी नभकोले गाड़ी सहजै उकालो चढ्न सक्छ। जङ्गपना अहिले पर्यटकहरूको निम्ति निक्कै आर्कषकको केन्द्रविन्दु बनेको छ।

Share this news
आजको रोजाइ
HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आजको रोजाइ