विभिन्न समस्याहरु विषयमा उजेरी बस्तीको ग्राम सुधार समितिद्वारा खरसाङ नगरपालिकामा ज्ञापन

Share this news

खरसाङ, (निसं): खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 19 स्थित उजेरी बस्तीका 66 घरधुरीलाई समेटेर गठित ग्राम सुधार समितिका प्रतिनिधिहरूले आज नगरपालिकाका अध्यक्ष र उपाध्यक्षलाई भेट गरी विभिन्न मागसहितको ज्ञापन पत्र बुझाएका छन्‌‍। उक्त ज्ञापन पत्रमा हाउसिङ फर अल योजनाको रकममा देखिएको अनियमितता, स्वच्छ पेयजल उपलब्धताको अभाव, सड़कको मरम्मति, ग्रामवासी धिरज पहरीको घर छेउको पैह्रोको जोखिम, क्याच ड्रेनको निर्माण आवश्यकता जस्ता विषयहरू स्पष्ट रूपमा उठाइएको जानकारी प्राप्त भएको छ। त्यस्तै स्ट्रीट लाइटको संख्या वृद्धि गर्नुपर्ने आवश्यकता पनि समितिले औँल्याएको छ। भेटपछि ग्राम सुधार समितिका पदाधिकारी लाक्पा लामा र सन्तोष पहरीले पत्रकारहरुलाई सम्बोधन गर्दै खरसाङ नगरपालिकाको तर्फबाट सकारात्मक आश्वासन प्राप्त भएको जानकारी दिएका छन्‌‍।उनीहरूका अनुसार आगामी दिनहरूमा उक्त विषयहरूमा कार्यान्वयनको अपेक्षा गरिएको छ।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान