मुण्डाकोठीमा ड्रग्स विरोधी जनचेतना कार्यक्रम सम्पन्न

Share this news

रंगबुल धोतरिया रङमुक समष्टि मुण्डाकोठी ग्राम पञ्चायत अनि सोनादा पुलिस आउट पोष्टको संयुक्त आयोजनामा ड्रग्स विरोधी जनचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम मुण्डाकोठी प्राथमिक पाठशाला भवनमा सम्पन्न भएको छ। कार्यक्रममा जीटीएको डेप्युटी चेयरम्यान एवं क्षेत्रीय सभासद राजेस चौहान, सोनादा आउट पोष्टका ओसी योगेस ठकुरी, एएसआई आनन्द श्रेष्ठ, एसआई निरज सुन्दास, जोरबंगलो पुलिस थाना, मुण्डाकोठी ग्राम पञ्चायतको पञ्चायत प्रधान, उप प्रधान, सदस्यहरु, मुण्डाकोठी उच्चत्तर माध्यमिक विद्यालयको प्रधान अध्यापिका सुधा राई लगायत अन्यहरु उपस्थित रहेका थिए। कार्यक्रमलाई प्रकाश राईले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण शैलेन्द्र राईले राखेका थिए। कार्यक्रममा विद्यार्थीहरु र स्थानीय विभिन्न समाजका मानिसहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा सोनादा पुलिस आउट पोष्टको ओसी योगेस ठकुरीले ड्रग्स रोकथामको लागि सचेतना गराउँदै ड्रग्सको दल दलमा कसरी फसिन्छ भन्दै यसबाट जोगिने उपायहरु विषयमा जानकारी गराएका थिए।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ