मुण्डाकोठीमा ड्रग्स विरोधी जनचेतना कार्यक्रम सम्पन्न

Share this news

रंगबुल धोतरिया रङमुक समष्टि मुण्डाकोठी ग्राम पञ्चायत अनि सोनादा पुलिस आउट पोष्टको संयुक्त आयोजनामा ड्रग्स विरोधी जनचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम मुण्डाकोठी प्राथमिक पाठशाला भवनमा सम्पन्न भएको छ। कार्यक्रममा जीटीएको डेप्युटी चेयरम्यान एवं क्षेत्रीय सभासद राजेस चौहान, सोनादा आउट पोष्टका ओसी योगेस ठकुरी, एएसआई आनन्द श्रेष्ठ, एसआई निरज सुन्दास, जोरबंगलो पुलिस थाना, मुण्डाकोठी ग्राम पञ्चायतको पञ्चायत प्रधान, उप प्रधान, सदस्यहरु, मुण्डाकोठी उच्चत्तर माध्यमिक विद्यालयको प्रधान अध्यापिका सुधा राई लगायत अन्यहरु उपस्थित रहेका थिए। कार्यक्रमलाई प्रकाश राईले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण शैलेन्द्र राईले राखेका थिए। कार्यक्रममा विद्यार्थीहरु र स्थानीय विभिन्न समाजका मानिसहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा सोनादा पुलिस आउट पोष्टको ओसी योगेस ठकुरीले ड्रग्स रोकथामको लागि सचेतना गराउँदै ड्रग्सको दल दलमा कसरी फसिन्छ भन्दै यसबाट जोगिने उपायहरु विषयमा जानकारी गराएका थिए।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान