तीनधारे उच्चत्तर माध्यमिक विद्यालयमा पूर्व विद्यार्थीहरुद्वारा शिक्षक शिक्षिकाहरुलाई सम्मान जनाउन कार्यक्रम सम्पन्न

Share this news

तीनधारे, (निसं): तीनधारे उच्चत्तर माध्यमिक विद्यालयमा वर्ष 2016 को ब्याजद्वारा धन्यवाद कार्यक्रम आयोजना गरेर शिक्षक शिक्षिकाहरुलाई सम्मान जनाइएको छ। तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको प्रेक्षागृहमा सम्पन्न धन्यवाद कार्यक्रमलाई प्रभारी शिक्षिका रञ्जना प्रधानले अध्यक्षता गरेका थिए भने प्रमुख अतिथिको रुपमा पूर्व शिक्षक प्रभारी चन्द्रशेखर श्रेष्ठ उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पूर्व प्रधान अध्यापक लिला सिंह, पूर्व शिक्षकद्वय टिकादत्त गिरी र बिक्रम मंगर, पूर्व अशिक्षणकर्मी सुकचन्द्र लिम्बु र मनकुमारी सार्की उपस्थित रहेका थिए। सभाध्यक्ष, प्रमुख अतिथि र विशिष्ट अतिथिहरुका बाहुलीबाट सर्वपल्ली डा राधाकृष्णनको तस्वीरमा खदार्पणसहित धुप दीप प्रज्वलन गरेर कार्यक्रम शुरु गरिएको थियो भने स्वागत गीत तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको विद्यार्थीहरुले प्रस्तुत गरेका थिए। पूर्व विद्यार्थी हनोक थापाले सञ्चालन गरेको तथा स्वागत सम्भाषण राखेपछि यस धन्यवाद कार्यक्रमको उद्देश्य र औचित्य विषयमा कार्यक्रमको संयोजक संजोक रसाइलीले राखेका थिए। कार्यक्रममा पूर्व विद्यार्थीहरु एंव चर्चित गायकहरु महेश सेवा, कर्म मोक्तान, राकेश लामा साथै युवा गायकद्वय सुरज तामाङ र सतीश राईले पनि गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा 2016 ब्याजका विद्यार्थीद्वय अवेश राई र संजोक रसाइली साथै शिक्षक बिशाल प्रधानले पनि गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा तीनधारे उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थीहरुद्वारा समूह गीत र नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा कार्यक्रममा 2016 ब्याजका पूर्व विद्यार्थी राज थापा (घैयाबारी), शिक्षक स्व पेमा तामाङ, अशिक्षणकर्मी स्व ईश्वर मोथेको चिर आत्माको शान्तिको लागि एक मिनटको मौन धारण गरिएको थियो। यसै कार्यक्रममा पूर्व शिक्षक प्रभारी चन्द्रशेखर श्रेष्ठ, पूर्व प्रधान अध्यापक लिला सिंह, पूर्व शिक्षकद्वय टिकादत्त गिरी र बिक्रम मंगर, स्व शिक्षक पेमा तामाङ्की पत्नी ममता सुब्बा तामाङ, अशिक्षित कर्मी स्व ईश्वर मोथेकी पत्नी प्रेरणा ठटाल, पूर्व अशिक्षणकर्मी सुकचन्द्र लिम्बु र मनकुमारी सार्कीलाई 2016 ब्याजका विद्यार्थीहरुद्वारा सम्मान जनाइएको छ। सबैलाई खदार्पणसहित शल ओढाएर साथै सम्बर्ध्दना पत्र प्रदान गरेर सम्मान जनाइएको छ। यस अवसरमा सम्वर्ध्दना पत्र पूर्व विद्यार्थी शान्ति तामाङले पठन गरेकी थिइन्। त्यसरी नै कार्यक्रममा वर्तमान शिक्षक शिक्षिकाहरु र अशिक्षणकर्मीहरुलाई पनि खदार्पणसहित शल ओढाएर सम्बर्ध्दना पत्र प्रदान गरेर सम्मान जनाइएको छ। यस कार्यक्रममा प्रमुख अतिथि पूर्व शिक्षक प्रभारी चन्द्रशेखर श्रेष्ठले भने, आफ्नो सम्बोधनमा हामी शिक्षक शिक्षिकाहरू आउनु जानु मात्र हो तर विद्यालय रहिरहनुपर्छ। शिक्षा दिने क्रम जारी रहनुपर्छ। यो विद्यालय सदैव बाँचिरहनुपर्छ। विद्यालयमा विद्यार्थीहरूले राम्रो शिक्षा पाए भविष्य राम्रो बनिन्छ अनि विद्यार्थीहरुले राम्रो शिक्षा पाएको खण्डमा हाम्रो जाति, भाषा, संस्कृति, शिक्षामा उन्नति भएर जान्छ। म यहाँ 1976 सालदेखि जम्मा 36 वर्ष काम गरेर अवकाशप्राप्त भएको थिएँ। उनले विद्यार्थीहरुले सम्झेर सम्मान गरेकोमा आभार प्रकट गरेका छन्। कार्यक्रममा सभाध्यक्षा प्रभारी शिक्षिका रञ्जना प्रधानले आफनो वक्तव्यमा 2016 ब्याजका विद्यार्थीहरुद्वारा गरिएको सम्मानको लागि आभार प्रकट गर्दै विद्यार्थीहरुबाा पनि हामीले सिक्नुपर्छ भनी बताइन्‌‍। उनले तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको भूतपूर्व विद्यार्थी संगठन गठन गर्न आह्वान्‌‍? पनि गरिन्। उनले यो सम्मानले भावुक बनाएको बताउँदै आभार प्रकट गरिन्‌‍। 2016 सालका पूर्व विद्यार्थीहरुले आफ्ना शिक्षक शिक्षिकाहरु र अशिक्षणकर्मी सबैलाई सम्झेर सम्मान कार्यक्रम आयोजना गर्नलाई धन्यवाद कार्यक्रम आयोजना गरेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ