टाँसी साम्तेनलिङ गुम्बामा शुक्रवारदेखि पाँच दिवसीय बज्रगुरु मन्त्र जप एवं पूजा आरम्भ

Share this news

खरसाङ,  (निसं): खरसाङ्को मन्टभियट रोडमा रहेको भएको छ। गुरु पद्म सम्भवको जन्म जयन्ती पालन गर्दै यसै अवसरमा आयोजना गरिएको यो बज्रगुरु मन्त्र जप एवं पूजा आगामी 4 अगस्तसम्म चल्नेछ। शुक्रवार पूजाको विधिवद आरम्भ गर्दै गुम्बाका धर्मगुरु लामाहरूद्वारा बौद्ध मन्त्रोच्चारणको साथमा पूजा पाठको कार्यक्रम सम्पन्न गरियो। शुक्रवार बिहान 930ः बजेदेखि मध्याह्नसम्म साङ सोलख अनि त्यसपछि बज्रगुरु मन्त्र जप बेलुकासम्म सम्पन्न गरियो। तामाङ बुद्धिष्ट एसोसिएशन तथा टाँसी साम्तेनलिङ गुम्बा सञ्चालन समितिका अध्यक्ष युएस तामाङले बताए अनुसार गुम्बामा 1 अगस्तदेखि 4 अगस्तसम्म बज्रगुरु मन्त्र जप सम्पन्न गरिनेछ। 4 अगस्तको दिन छेचू अर्थात दशमी पूजाको आयोजना गरिनेछ। 4 अगस्तको दिन रंगबुल गुम्बाका धर्मगुरु खेम्पो ग्याल्छेन तामाङ गुम्बामा उपस्थित रहनेछन्‌‍। यसै दिन दिउँसो 1 बजेर 30 मिनटदेखि खेम्पो ग्याल्छेन तामाङ्को बाहुलीबाट दिर्घायुको आशीर्वाद वाङ्‌‍ वितरण गरिनेछ। युएस तामाङले गुम्बा सञ्चालन समितिले आगामी समयमा पनि यस्ता धेरै पूजा एवं धार्मिक कार्यक्रमहरूको आयोजना गर्ने पनि बताएका छन्‌‍। यस पूजामा तामाङ बुद्धिष्ट एसोसिएशनका पदाधिकारी अनि सदस्यहरू, अखिल भारतीय तामाङ बौद्ध संघका प्रतिनिधि अनि सदस्यहरू, म्हाणिपा संघका पदाधिकारी अनि सदस्यहरू साथै अन्य विभिन्न संघ-संस्थाका पदाधिकारी अनि सदस्यहरूको सहभागिता रहेको छ।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान