सिंगला रम्माम पुलमा लागु पदार्थसहित एकजनालाई प्रकाउ 

Share this news

सिंगला, 1 अगस्त (निसं): एक विशेष अभियानको क्रममा पुलबजार थाना अधिनस्त सिंगला आउट पोस्ट-ले लागु पदार्थको साथमा एकजना युवकलाई प्रकाउ गरेको छ। घटना अनुसार सिंगला आउटपोस्ट प्रभारी एसआई सुशान्त प्रधानको अगुवाईमा  मगलबार साझ नियमित नाका चेकिङ-को क्रममा रम्माम पुलमा सिंगलातर्फबाट सिक्किमतर्फ पैदल तर्ने क्रममा एक व्यक्तिलाई शंकास्पद रूपमा रोकेपछि आवस्यक तलासीको क्रममा कालो पोलेथिन भित्र लुकाएर राखेको 20 पुडिया प्रतिबन्धित ब्राउन सुगर तथा 125 खुल्ला प्रतिबन्धित लागू औषध फेला परेपछि उक्त व्यक्तिलाई प्रमाणसहित प्रकाउ गरेको प्रशासन पक्षले जनाएको छ। प्रकाउ पर्ने व्यक्ति स्थानीय सिंगला बजार निवासी 34 वर्षीय अमित छेत्री रहेको प्रशासन पक्षले जनाएको छ भने उनले उक्त प्रतिबन्धित समाग्रीलाई जोरथाङ बेच्न लगिरहेको प्रारम्भिक रिपोर्टमा खुलेको छ। यसका साथमा उनीमाथि आवश्यक छानबिन पुरा गरि आवस्यक धारा अनुरुप कार्वाही शुरु गरिसकेको तथा मंगलबार बेलुकी नै पुलबजार थाना ल्याइएको तथा आज बुधबार दार्जिलिङ कोटसामु सामु हाजिर गरिसकेको समेत प्रशासन पक्षले जनाएको छ।


Share this news
आजको रोजाइ
तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा