दार्जीलिङ,31 अगस्त (निसं): दार्जीलिङ नजिक कागझोडाको वन विभाग क्वार्टर आगलागी काण्डमा दार्जीलिङ अग्निशमन विभागका सम्पुर्ण क्रु मेम्बर्स, सम्पुर्ण पानी बोक्ने ट्रकका ड्राइभर दाजु-भाईहरू , अन्य ड्राइभर दाजु भाई , स्थानीय मानिसहरू , आईजीजेएफ-का स्वयंसेवकहरू , दार्जीलिङ नगरपालिकाका अध्यक्ष साथै 11 नम्बर वार्डका नगरपाल साथै पुलिस अनि वन-विभागका स्वयंसेवकहरुको अथक प्रयासमा धेरै नै क्षति भएतापनि अन्तत आगोलाई काबुमा ल्याउन सफल भए – सबै नै धन्यवादका पात्रहरू हुन् भनी सभासद विनय तामाङले भनेका छन्।उनेल अझ भनेका छन्,एकता नै सम्भव भएसम्मको उत्तम शक्ति हो। यद्यपि सात परिवारहरू पुर्णतय प्रभावित भएका छन् । जिल्ला प्रशासन, जीटीए अनि पश्चिम बंगाल सरकार- ले पीडित परिवारहरूलाई पर्याप्त क्षतिपुर्तिको निम्ति व्यवस्था मिलाइयोस् । सबै परिवारहरूले आफ्ना आवश्यकीय र महत्त्वपुर्ण कागजातहरू गुमाएका छन्। विभिन्न सरकारी संस्थाहरूमा रेकर्ड अनुसार आवश्यक कागजातहरू उपलब्ध गराउनु पश्चिम बंगाल सरकार र दार्जीलिङ जिल्ला प्रशासनले सहायता प्रदान गरिदियोस भनी विनय तामाङले माग गरेका छन्।
Share this news
आजको रोजाइ
लागूऔषध ग्रसित युवकलाई दुधेको सुधार केन्द्रमा भर्ना
तोपाखानी सुरुङ नजिकै ब्राउन सुगर फेला
प्राथमिक-शिक्षक-शिक्षिकाहररूको सर्विस बुक डे पालन
सिलगढ़ीको घटनाको आईजीजेएफद्वारा भर्त्सना अनि पोस्टरिङ
बलिदान दिवसको अवसरमा गाड़ीधुरा नवदीप परिवारले खुल्ला कविता आवृत्ति प्रतियोगिता गर्ने
हाउहिङ फल अलको रकम तुरुन्तै र सबैले पाउन पर्ने माग उठ्यो