राष्ट्रिय शिक्षा योजनामाथि कार्यशालाको आयोजित

Share this news

भारतीय शिक्षा मण्डल उत्तर बंगाल प्रान्तले मिरिकको एक मात्रै सीबीएसई स्कूल स्नो ड्रप स्कूल मिरिकमा गुरु सम्मान कार्यक्रमको आयोजना गर्न साथै राष्ट्रिय शिक्षा योजनामाथि कार्यशालाको आयोजना गरिएको थियो। यस अवसरमा मिरिकका सरकारी अनि गैरसरकारी स्कूलका निर्देशकहरू, प्राचार्यहरू लगायत अवकाशप्राप्त प्राचार्यहरूलाई स्मृति चिन्ह प्रदान गरेर सम्मान गरियो। स्नोड्रप स्कूलका निर्देशिका श्रीमती निशा राईको अध्यक्षतामा भएको कार्यक्रममा गुजरात बीएओयुका उपकुलपति प्रा. श्रीमती अमी उपाध्यक्ष मुख्य अतिथि थिइन्। कार्यक्रममा जेएनभी छब्बिसेका प्राचार्य जे. सिङ्ग, प्रा. अमरचन्द्र कर्माकरलगायत मिरिक क्षेत्रका विभिन्न स्कूलका प्रधान अध्यापक, शिक्षक शिक्षिका आदि उपस्थित थिए। कार्यक्रममा राष्ट्रिय शिक्षा योजनामाथि व्यापक छलफल गरिनका साथै वर्तमान शिक्षा प्रणालीबारे व्यापक चर्चा गरियो। स्नोड्रप स्कूलका निर्देशिका श्रीमती निशा राईले सबैको उपस्थितिले कार्यक्रम सफल भएको जानकारी गराउँदै सहभागी सबैप्रति आभार प्रकट गरिन्।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान