Organized awareness programs for drug prevention

ड्रग्स रोकथामको लागि सचेतना कार्यक्रम आयोजित

Share this news

खरसाङ ट्राफिक पुलिसको आयोजनामा खरसाङमा‌ ड्रग्स रोकथामको लागि सचेतना कार्यक्रमको आयोजन नयाँ बजारस्थित टाउन सार्वजनिक भवनमा गरिएको थियो। उक्त ड्रग्स रोकथामको लागि आयोजित सचेतना कार्यक्रमलाई खरसाङ ट्राफिक पुलिसको प्रभारी बीरेन्द्र छेत्रीले सञ्चालन गरेका थिए।‌ कार्यक्रममा खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु, विभिन्न विद्यालयहरुका विद्यार्थीहरु, निर्वाचित जनप्रतिनिधिहरु साथै समाजसेवीहरु उपस्थित रहेका थिए। ड्रग्स सेवन र बिक्री रोकथामको लागि आयोजित सचेतना कार्यक्रममा खरसाङ महकुमा पुलिस अधिकारी एसडीपीओ आईपीएस निरजा अनीश शाहले स्वागत सम्भाषणसितै ड्रग्स रोकथामको लागि सचेतना गराएकी थिइन्। कार्यक्रममा डीएफओ देवेस पाण्डे, दार्जीलिङका डीवाईएसपी ट्राफिक शेरप शेर्पाले ट्राफिक र ड्रग्स विषयमा सचेतनामूलक वक्तव्य राखेका थिए।‌ त्यसरी नै खरसाङ महकुमा शासक आइएएस बिन्दबासिनी तेजा दिपक, खरसाङ भूमि सुधार विभागका अधिकारी निमाल लेप्चाले वक्तव्य राखेका थिए भने वरिष्ठ अधिवक्ता रमेश अग्रवालले ड्रग्स सेवन र बिक्रीमा के कस्तो कानुनी प्रावधान लाग्ने भन्ने विषयमा कानूनी जानकारी गराएका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड