ड्रग्स रोकथामको लागि सचेतना कार्यक्रम आयोजित

Share this news

खरसाङ ट्राफिक पुलिसको आयोजनामा खरसाङमा‌ ड्रग्स रोकथामको लागि सचेतना कार्यक्रमको आयोजन नयाँ बजारस्थित टाउन सार्वजनिक भवनमा गरिएको थियो। उक्त ड्रग्स रोकथामको लागि आयोजित सचेतना कार्यक्रमलाई खरसाङ ट्राफिक पुलिसको प्रभारी बीरेन्द्र छेत्रीले सञ्चालन गरेका थिए।‌ कार्यक्रममा खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु, विभिन्न विद्यालयहरुका विद्यार्थीहरु, निर्वाचित जनप्रतिनिधिहरु साथै समाजसेवीहरु उपस्थित रहेका थिए। ड्रग्स सेवन र बिक्री रोकथामको लागि आयोजित सचेतना कार्यक्रममा खरसाङ महकुमा पुलिस अधिकारी एसडीपीओ आईपीएस निरजा अनीश शाहले स्वागत सम्भाषणसितै ड्रग्स रोकथामको लागि सचेतना गराएकी थिइन्। कार्यक्रममा डीएफओ देवेस पाण्डे, दार्जीलिङका डीवाईएसपी ट्राफिक शेरप शेर्पाले ट्राफिक र ड्रग्स विषयमा सचेतनामूलक वक्तव्य राखेका थिए।‌ त्यसरी नै खरसाङ महकुमा शासक आइएएस बिन्दबासिनी तेजा दिपक, खरसाङ भूमि सुधार विभागका अधिकारी निमाल लेप्चाले वक्तव्य राखेका थिए भने वरिष्ठ अधिवक्ता रमेश अग्रवालले ड्रग्स सेवन र बिक्रीमा के कस्तो कानुनी प्रावधान लाग्ने भन्ने विषयमा कानूनी जानकारी गराएका थिए।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान