संगीतकार विकास सिंह लोहारलाई सम्मानसहित बिदाइ

Share this news

अवकाशप्राप्त कर्मचारी एवं तबला वादक साथै वरिष्ठ संगीतकार विकास सिंह लोहारलाई सम्मानसहित बिदाइ दिनलाई आकाशवाणी खरसाङमा बिदाइ समारोहको आयोजन बुधबार गरिएको थियो।‌ आकाशवाणी खरसाङको मनोरञ्जन क्लबको आयोजनामा सम्पन्न उक्त बिदाइ समारोहमा विशेष रुपमा क्लष्टर हेड एवं निदेशक अभियन्ता जितेनकुमार रोय प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए। वरिष्ठ उदघोषक उमेश कार्कीटोलीले सञ्चालन तथा स्वागत सम्भाषण राखेको कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुतिहरु दिइएको थियो। कार्यक्रममा बिदायी कर्मचारी विकाससिंह लोहारलाई आकाशवाणी खरसाङको तर्फबाट श्रद्धार्पणसहित टोपी र शल ओढाएर सम्मान जनाइएको थियो भने अभिनन्दन पत्र, स्मृति चिन्ह र उपहारहरु प्रदान गरिएको थियो। उनलाई प्रदान गरिएको अभिनन्दन पत्र उदघोषिका रश्मी खवासले पठन गरेकी थिइन्। यस अवसरमा विकास सिंह लोहार र उनकी पत्नी सुचिता खातीको बाहुलीबाट केक काटिएको थियो‌। यस बिदाइ समारोहमा गीत, नृत्य, कविता आदि प्रस्तुत गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि निदेशक अभियन्ता एवं क्लष्टर हेड जितेन्द्रकुमार रोय, कार्यक्रम प्रमुख सुनिलकुमार दास, कार्यक्रम निष्पादक राजीव सुब्बा आदिले वक्तव्य राखेका थिए भने बिदाइ कर्मचारी विकाससिंह लोहार र उनकी पत्नी सुचिता सिंह खातीले पनि वक्तव्य राखेका थिए। यस अवसरमा पत्नी एवं गायिका सुचिता सिंह खातीले गीत पनि प्रस्तुत गरेकी थिइन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ