संगीतकार विकास सिंह लोहारलाई सम्मानसहित बिदाइ

Share this news

अवकाशप्राप्त कर्मचारी एवं तबला वादक साथै वरिष्ठ संगीतकार विकास सिंह लोहारलाई सम्मानसहित बिदाइ दिनलाई आकाशवाणी खरसाङमा बिदाइ समारोहको आयोजन बुधबार गरिएको थियो।‌ आकाशवाणी खरसाङको मनोरञ्जन क्लबको आयोजनामा सम्पन्न उक्त बिदाइ समारोहमा विशेष रुपमा क्लष्टर हेड एवं निदेशक अभियन्ता जितेनकुमार रोय प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए। वरिष्ठ उदघोषक उमेश कार्कीटोलीले सञ्चालन तथा स्वागत सम्भाषण राखेको कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुतिहरु दिइएको थियो। कार्यक्रममा बिदायी कर्मचारी विकाससिंह लोहारलाई आकाशवाणी खरसाङको तर्फबाट श्रद्धार्पणसहित टोपी र शल ओढाएर सम्मान जनाइएको थियो भने अभिनन्दन पत्र, स्मृति चिन्ह र उपहारहरु प्रदान गरिएको थियो। उनलाई प्रदान गरिएको अभिनन्दन पत्र उदघोषिका रश्मी खवासले पठन गरेकी थिइन्। यस अवसरमा विकास सिंह लोहार र उनकी पत्नी सुचिता खातीको बाहुलीबाट केक काटिएको थियो‌। यस बिदाइ समारोहमा गीत, नृत्य, कविता आदि प्रस्तुत गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि निदेशक अभियन्ता एवं क्लष्टर हेड जितेन्द्रकुमार रोय, कार्यक्रम प्रमुख सुनिलकुमार दास, कार्यक्रम निष्पादक राजीव सुब्बा आदिले वक्तव्य राखेका थिए भने बिदाइ कर्मचारी विकाससिंह लोहार र उनकी पत्नी सुचिता सिंह खातीले पनि वक्तव्य राखेका थिए। यस अवसरमा पत्नी एवं गायिका सुचिता सिंह खातीले गीत पनि प्रस्तुत गरेकी थिइन्।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान