स्वच्छ भारत अभियान प्रभावकारी अप्नाउन प्रधानको अपिल

Share this news

मिनरल स्प्रीङ,30 जुलाई(निसं)कथनी र करणीमा फरक भए कुनै पनि कार्य योजनाबाट आशा अनुरुप परिणाम प्राप्त गर्न सकिन्दैन। भनिएका तथा सैद्धान्तिक कुराहरू व्यवहारिकतामा उतार्न नसकिए ती योजनाले जनसाधारणसम्म पुर्याउन चाहेको समूचित लाभ पुग्न सक्दैन भन्दै स्वच्छ भारत अभियानबारे प्रचार-प्रसार गर्दै दवाईपानी ग्राम पञ्चायत प्रधान अशोक मुखियाले घर-घर गएर जनसाधारणलाई अपिल गरेका छन्।उनले भनेका छन्, यसले योजनालाई नै असफल बनाइदिन्छ। प्रसंग हो स्वच्छ भारत अभियानको जो अहिले सर्व भारतीय रूपमा नै एउटा वृहत कार्यक्रमको रूपमा अघि आएको छ औ प्रत्येक घर गाउँ, नगरपालिका,शहर देखि लिएर राज्य हुँदै देशलाई नै सफा र स्वच्छ बनाउने दिशामा विभिन्न कार्य योजनाहरूको विस्तार साथै   पुरस्कारद्धारा सम्मानित गरिने क्रमले स्वच्छ भारत अभियानको कार्यक्रमले विशेष गति प्रदान गरिरहेको छ भने यसरी स्वच्छ तथा सफा गाउँ,शहर अनि राज्यको उपाधि प्राप्त गरिनुले अन्य गाउँ शहर राज्य माझमा साफ सफाई विषय सकारात्मक सन्देश जानुको साथै स्वच्छता विषय मानिसहरूबीच जागरुकता पनि बढ्दै जाने औं आ आफ्नो गाउँ ठाउँलाई  सफा र सुन्दर बनाउन जोश र जाँगरमा पनि वृद्धि भएर जानेछ। स्वच्छ भारत अभियानलाई देश व्यापी एउटा योजनाको रूपमा कार्यन्वयन गर्न भन्दा पनि अघि मानिसहरू साफ सफाई प्रति सचेत र जागरुक नै थिए तरैपनि साफ-सफाई विषयलाई लिएर सरकारले नै एउटा योजनाकै नमूना स्वरूप अघि ल्याएपछि जन जनमाझ अझ सचेतना अभिवृद्धि भएको कुरालाई अस्वीकार गर्न सकिन्न।‌सरकारी योजना तहत प्रत्येक घर घरमा शौचालय निमार्ण गरिएपछि वाहिर खुल्लामा जथाभावी शौच गर्ने बानी तथा व्यवहारमा सुधार आएको जसको कारण वातावरणमा देखिने फोहोर तथा प्रदूषणमा कमी आएको तथ्यलाई नकार्न सकिंदैन।तर यी कतिपय सुधारहरू सामाजिक परिदृश्यमा देखिए पनि प्लास्टिक जन्य बस्तुहरुको थुप्रोले निम्त्याएको फोहोर मैला तथा प्रदुषण भने सबैको निम्ति समस्या र चिन्ताको विषय बनेको छ।यही प्लास्टिक जन्य बस्तुहरुको प्रयोग र यसबाट उत्पन्न हुने गरेको फोहोर तथा प्राकृतिक प्रदूषणलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयलाई लिएर मानिसहरूलाई जनचेतना फैलाउन सरकारी तथा गैर सरकारी सामाजिक संघ संस्थाहरु लागिपरेका छन् भन्ने कुरा तिनीहरूले गर्ने गरेका विभिन्न गतिविधि तथा कार्यहरूले पुष्टि गर्दछ। स्वच्छ भारत अभियानको कार्यक्रम निकै अघिदेखि चल्दै आएको भए तापनि सबै स्थानमा अनि सम्पूर्ण रूपले सफल भएको ठहर गर्न भने मिल्दैन। यसको पछाडि विविध कारण , समस्या अनि चुनौतीहरू रहेको छ।ती समस्याहरू मध्यै एउटा समस्या हो प्लास्टिक जन्य बस्तुहरुको व्यवस्थापन। अहिले यसै प्लास्टिक जन्य बस्तुहरुको व्यवस्थापन विषय लिएर ग्राम पंचायत व्यापी जनचेतना कार्यक्रमको आयोजना भ इरहेको दार्जिलिङ पुलबजार खण्ड अधीनस्थ दवाईपानी ग्राम पंचायतका प्रधान अशोक मुखियाले जनाएका छन्। समग्र दवाईपानी ग्राम पंचायतलाई नै निकट भविष्यमा एउटा स्वच्छता विषयक मोडल तथा नमूनाको रुपमा अघि ल्याइने लक्ष्य राखी पन्चायत द्वारा नै प्रत्येक गाउँको समाजमा जनचेतना मूलक कार्यक्रमहरू गर्दै आइरहेको तिनले बताएका छन् भने उक्त कार्यमा सबैले सहयोग पुर्याइदिने अपिल पनि गरेका छ्न्।यही स्वच्छ भारत अभियानको कार्यक्रमबारे जान्न चाहँदा उपप्रधान सुनिता भोटियाले पनि आफ्नो वार्डका सम्पूर्ण जनसाधारणलाई लिएर   जनचेतना कार्यक्रम सम्पन्न गरिएको औं उक्त कार्यक्रममा तकदाह वन विभाग, एनजीओ सयपत्री नारी संघ, पुलिस प्रशासनका अधिकारीहरू,सह खण्ड बिकास अधिकारी समेतको उपस्थिती रहेको जनाइन्।यसै प्रसंगमा दवाईपानी ग्राम पंचायतका सदस्या दिव्य राईसित जान्न चाहँदा उनले पनि स्वच्छ भारत अभियानको कार्यक्रमलाई लिएर आफ्नो वार्ड भित्रका दुईवटा समाजले सभा आयोजन गरी आफ्ना सदस्यहरूलाई विविध जानकारीहरू प्रदान गरेको अनि अन्य दुईवटा समाजले आगामी दिनमा सभा आयोजन गर्ने भएको जानकारी दिइन्। अन्य स्थान हेरी भोटे बस्तीमा धेरै होमस्टे हरु सन्चालनमा रहेको हुनाले यहाँ अन्य स्थानको तुलनामाअधिक मात्रामा फोहोर मैला निस्कनु स्वभाविक हो यसर्थ यहाँ केही चुनौती र समस्याहरू पनि छ तर सबैको सहभागितामा काम गर्यौं भने जस्तै चुनौती अनि समस्याहरुको समाधान पनि गर्न सकिन्छ उनको भनाई थियो। गाउँ घरको साफ सफाई तथा पर्यावरण संरक्षणको निम्ति धेरै अघिदेखि नै परिवर्तन युवा क्लबले कार्य गर्दै आइरहेको पनि उनले बताइन्।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ