Warning: Trying to access array offset on false in /var/www/html/wordpress/wp-content/plugins/elementor-pro/modules/dynamic-tags/tags/post-featured-image.php on line 39

विभिन्न स्थानमा शहीद दिवस पालन

Share this news

खरसाङ, (निसं): खरसाङ्मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको आयोजनामा गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका शहीदहरुलाई श्रध्दाञ्जली अर्पण गर्दै आईतबार शहीद दिवस समारोह सम्पन्न भएको छ। खरसाङ्को इगल क्य्रागमा अवस्थित शहीद वेदीमा बिहान शहीदहरूलाई श्रध्दाञ्जली अर्पण कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समितिको महासचिव अमर लामा उपस्थित रहेका थिए। उनले शहीद वेदीमा गोर्खाल्याण्ड आन्दोलनमा जाति र माटोको लागि बलिदान दिने वीर शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गरेका थिए। उनीसितै सभासदहरु, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समिति, खरसाङ महकुमा समिति, खरसाङ टाउन कमिटी, 28 नम्बर खरसाङ चिम्नी देवराली समष्टि र 29 नम्बर खरसाङ गिध्द पहाड़ समष्टिका पदाधिकारीहरु उपस्थित भएर शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गरेका थिए। विभिन्न धर्मका गुरुहरुद्वारा पूजा अर्चना साथै प्रार्थना गरेर थालिएको कार्यक्रममा भूतपूर्व सैनिकहरुले बिकुल बजाएर शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गर्दै सलामी दिइएका थिए। कार्यक्रममा शहीदका परिवारहरुलाई खरसाङ कलेजका एनसीसीका विद्यार्थीहरुले गार्ड अफ्‌‍ अनर दिइएका थिए। खरसाङ्को इगल क्य्रागमा शहीदहरुलाई श्रध्दाञ्जली अर्पण कार्यक्रमपछि नयाँ बजारस्थित टाउन सार्वजनिक भवनमा सम्मान कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रमको अध्यक्षता शहीद दिवस समारोह समितिको संयोजक प्रेमेन्द्र गुरूङले गरेका थिए। कार्यक्रमलाई नारी शक्ति खरसाङ महकुमा समिति अध्यक्षा सविता कार्कीले गरेका थिए। यस कार्यक्रममा गोर्खाल्याण्डको लागि शहीद बनेका शहीदका परिवारहरुलाई सम्मान जनाइयो। कार्यक्रममा कविता, गीत, नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा सूचना अनि सांस्कृतिक विभागका कलाकारहरुले गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा शहीदहरु विषयमा वरिष्ठ साहित्यकार एंव गोर्खा सांस्कृतिक संस्थान्‌‍ खरसाङ्की अध्यक्षा आशा मुखिया लामाले वक्तव्य राखेकी थिइन्‌‍। प्रमुख अतिथि भागोप्रमो केन्द्रीय महासचिव अमर लामाले कार्यक्रममा वक्तव्य राखेका थिए। अध्यक्षीय भाषण एंव धन्यवाद ज्ञापन शहीद दिवस समारोह समितिको संयोजक प्रेमेन्द्र गुरूङले राखेका थिए। यसको साथै गत वर्ष झैं यसपाली पनि युवा शक्तिको आयोजनामा खरसाङ्मा रक्तदान शिविरको आयोजना गरिएको थियो। आयोजित शहीद दिवस समारोह विषयमा पत्रकारहरुसित कुराकानी गर्दै आयोजक समितिको संयोजक प्रेमेन्द्र गुरूङ र प्रमुख अतिथिको रूपमा उपस्थित भागोप्रमो केन्द्रीय महासचिव अमर लामाले विस्तृत रुपमा जानकारी गराएका छन्‌‍।

गोर्खे हाट: खरसाङ गोर्खे हाट सञ्चालन समितिद्वारा गोर्खे हाट परिसरमा आईतबार शहीद दिवसको अवसरमा जाति र माटोको लागि बलिदान दिएका शहीदहरूलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको जानकारी प्राप्त भएको छ। गोर्खे हाट सञ्चालन समितिद्वारा आयोजित संक्षिप्त कार्यक्रममा उपस्थित सदस्यहरूले मौन धारण गर्दै शहीदहरूप्रति सम्मान, नमन र श्रध्दाञ्जली अर्पण गरेका थिए। समितिले देश, जाति र क्षेत्रको रक्षा एवं अधिकारको लागि ज्यान आहुति दिने वीर शहीदहरूको योगदान कहिल्यै नबिर्सने प्रतिबद्धता व्यक्त गरेका छन्‌‍। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ गोर्खे हाट सञ्चालन समितिका संस्थापक सचिव महेश छेत्रीले विस्तृत रुपमा जानकारी गराएका छन्‌‍।

तीनधारेः तीनधारेको चिल्ड्रेन पार्कस्थित शहीद वेदी प्रांगणमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा तीनधारे सुकना समष्टिको आयोजनामा शहीद दिवस समारोह सम्पन्न भएको छ। गोरामुमो समष्टि अध्यक्ष जेबी गुरूङ्को अध्यक्षमा 39 औँ शहीद दिवस पालन गरिएको हो। कार्यक्रममा गोर्खाल्याण्ड आन्दोलनमा आफ्नो प्राणको आहुति दिएका सबै शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष अनि विशिष्ट अतिथिहरुद्वारा दिप प्रज्वलन गरी खदा-माला लगाएर शहीदप्रति नमन अर्पण गरियो। समारोहलाई सम्बोधन गर्दै अध्यक्ष जेबी गुरूङले 1986 को दशकमा अतुल्य सुवास घिसिङ्को नेतृत्वमा हाम्रो राष्ट्रिय परिचय गोर्खा किपटको निम्ति गोर्खाल्याण्डको एउटा भीषण आन्दोलन भयो। यो आन्दोलनले देखाएको हाम्रो सपना, शहीदको सपनालाई साकार पार्न वर्तमान अध्यक्ष मन घिसिङ बौद्धिक अनि राजनैतिक चतुरता अनि धैर्यतापूर्वक संघर्षरत छन्‌‍ भनी बताए। उनले भने, निकट दिनमा शहीदहरुको सपना पूर्ण हुनेछ। यो हामीलाई विश्वास छ। आजको यो पवित्र दिनमा आफ्नो बहुमूल्य समय दिएर उपस्थित भएका सबैलाई धन्यवाद ज्ञापन गर्दै तिनले समारोह समाप्त भएको घोषणा गरेका थिए। यस शहीद दिवस समारोहमा गोरमुमो समष्टिको मूल सचिव प्रमोद थापा, नारी एकाईका सभानेत्री शीला प्रधान, केन्द्रीय समितिको सदस्यमा आनिता लामा, महकुमा समिति सदस्य अशोक सुब्बा अनि विभिन्न शाखाका प्रतिनिधिहरू उपस्थित रहेका थिए, कार्यक्रमलाई पूर्ण गुरुङले सञ्चालन गरेका थिए।

महानदी ग्राम पञ्चायतः भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको निर्देशनमा महानदी ग्राम पञ्चायत अन्तर्गत पर्ने सातवटा बुथलाई लिएर शहीद दिवस समारोह हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन केन्द्रीय समितिको कानुनी सल्लाहकार शेखरचन्द्र प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो। समारोहलाई ग्राम पञ्चायत सदस्य राजीव तामाङले सञ्चालन गरेका थिए। कार्यक्रममा गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका महानदीका सर्जुन प्रधानको शहीद वेदीमा श्रध्दाञ्जली अर्पण गरिएको थियो। यस अवसरमा भूतपूर्व सैनिकहरुद्वारा सलामी दिनको साथै परेड पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा स्वागत भाषण हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिका संयोजक राजेस थापाले राखेका थिए। कार्यक्रममा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समिति सभापति सागर गुरुङ, महानदी ग्राम पञ्चायत प्रधान पासाङ शेर्पा, कार्यक्रमका अध्यक्ष साथै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन केन्द्रीय कानुनी सल्लाहकार शेखरचन्द्र प्रधान आदिले वक्तव्य राखेका थिए। कार्यक्रममा महानदी क्षेत्रमा गोर्खाल्याण्डको लागि शहीद बनेका सर्जुन प्रधानको परिवारलाई सम्मान पनि जनाइएको थियो। कार्यक्रममा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, समष्टिको प्रवक्ता बिपन विश्वकर्म, नारी शक्ति तीनधारे महानदी समष्टिको सभापति निरा प्रधान, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई, महानदी ग्राम पञ्चायतको पञ्चायत समिति सदस्य कुसाङ लामा र सरिता मुखिया, पञ्चायत सदस्यहरु, भूतपूर्व सैनिक संगठनको प्रतिनिधिहरु, वरिष्ठ नागरिक कल्याण संगठनको प्रतिनिधिहरु र स्थानीय समाज र पार्टी प्रतिनिधिहरु उपस्थित रहेका थिए। महानदीमा आयोजित शहीद दिवस समारोह विषयमा पत्रकारहरुसित कुराकानी गर्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले विस्तृत रुपमा जानकारी गराएका छन्‌्‌‍।
    सोनादाः रंगबुल धोतरिया रंगमुक समष्टि अन्तर्गत धोतरिया, मिलिङ, मुण्डाकोठी चियाबारी, रंगमुकमा शहीद दिवस पालन गरिएको थियो। उक्त शहीद दिवस समारोहमा जीटीएको डेपुटी चेयरम्यान एंव क्षेत्रीय सभासद राजेस चौहान उपस्थित रहेका थिए। कार्यक्रममा पञ्चायत समिति सदस्य जीवन प्रधान, लक्ष्मण ठकुरी, मणिकुमार, ग्राम पञ्चायत प्रधान, उप प्रधान, पञ्चायत सदस्यहरु लगायत भागोप्रमो पार्टी प्रतिनिधिहरू उपस्थित रहेका थिए। शहीद दिवसको अवसरमा जीटीएको डेपुटी चेयरम्यान एंव क्षेत्रीय सभासद राजेस चौहानले आफ्नो समष्टिभित्र 1986 सालमा गोर्खा जातिको माटो, अस्मिताको निम्ति आफ्नो प्राणको आहुति दिने 18 शहीदहरूलाई श्रद्धाञ्जली चढ़ाउँदै शहीदका परिवारहरलाई सम्मान जनाएका थिए।


Share this news
आजको रोजाइ
आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या