खरसाङमा तीन दिवसीय कलाकार कार्यशाला आरम्भ

Share this news

खरसाङ 28 जुलाई (निसं): पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको पहलमा सोमवारदेखि खरसाङमा तीन दिवसीय कलाकार कार्यशाला आरम्भ भएको छ। खरसाङ्को पार्कलोकेशनस्थित सार्वजनिक भवनमा आयोजित यस कार्यशालाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित रहेका नगरपालिका प्रशासनिक बोर्डका अध्यक्ष वृगेन गुरुङ्को बाहुलीबाट गरिएयो। यो कार्यक्रम लोक सांस्कृतिक तथा आदिवासी केन्द्र र दार्जीलिङ जिल्ला सूचना एवं सांस्कृतिक विभागको संयुक्त आयोजना भएको हो। परम्परागत लोक कला र नृत्यको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यशाला स्थानीय कलाकार र सांस्कृतिक उत्साहीहरूको सहभागितामा सम्पन्न भइरहेको छ। उद्घाटन कार्यक्रममा खरसाङ नगरपालिकाका प्रशासनिक बोर्डका उपाध्यक्ष एवं जीटीए पीआरओ सुवास प्रधान विशेष अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा जिल्ला सूचना तथा सांस्कृतिक अधिकारी जयन्त कुमार मलिक अनि खरसाङ महकुमा सूचना तथा सांस्कृतिक अधिकारी अनिवर्न दामको पनि उपस्थिति थियो। कार्यशालाको केन्द्रबिन्दु पश्चिमी छुट्के नृत्य हो, जुन यस क्षेत्रको परम्परागत लोक नृत्य हो। यस कार्यशालामा प्रख्यात लोक नृत्य प्रशिक्षक जमुना शर्मा र विवेक क्षेत्रीले 28, 29 अनि 30 जुलाईमा तीन दिनसम्म तालिम सत्रहरू सञ्चालन गर्नेछन्‌‍। कार्यक्रममा बोल्दै प्रमुख अतिथि वृगेन गुरुङले सांस्कृतिक पहलको प्रशंसा गर्दै भावी पुस्ताका लागि आदिवासी र आदिवासी कलाहरूको संरक्षणको महत्त्वमामाथि जोर दिए। तिनले वर्तमानमा हराउदै गएको लोक कला, आदिवासी तथा जनजातीय संस्कृतिलाई संरक्षण गर्न यस प्रकारको कार्यशालाले ठूलो सहयोग मिल्ने बताए। यो कार्यशाला पश्चिम बंगाल सरकारद्वारा स्थानीय कलाकारहरूलाई सशक्त बनाउन र राज्यभर क्षेत्रीय संस्कृतिलाई प्रवर्द्धन गर्ने ठूलो प्रयासको एउटा हिस्सा हो भनी गुरुङले बताए। यस कार्यक्रममा लोक प्रसार प्रकल्प कलाकार सूचना तथा सांस्कृतिक मामिला पश्चिम बंगाल सरकार, विद्यार्थीवर्ग र सांस्कृतिक अनि संस्कृति विषयमा संग्लग्न रहेका व्यक्ति विशेषहरूको सक्रिय सहभागिता रहेको पनि तिनले बताए। सोमवारदेखि आरम्भ भएको यस तीन दिवसीय कार्यशालामा लोक संगीत एवं नृत्यसित सम्बन्धित विभिन्न कार्यक्रमहरू विभिन्न पक्षबाट प्रस्तुत गरिने छ।

Share this news
आजको रोजाइ
HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आजको रोजाइ