शहीद निमा थिङकी श्रीमती देविका थिङलाई आजीवन बृद्धभत्ता दिने अनि घर निर्माण गरिदिने

Share this news

खरसाङ, 27 जुलाई (निसं)ः दार्जीलिङ विधसभा समष्टिका विधायक निरज जिम्बाले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनमा शहीद बनेकाहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै शहीद दिवस पालन गर्दै खरसाङ्को पंखाबारी गिद्देपहाड समष्टि अन्तर्गत लङ्भ्यु चिया बगानको पंखाबारी रोडस्थित केराबारीमा रहेको शहीद वेदीमा फुलमाला अनि खदा चढ़ाएर। गोरामुमो खरसाङ ब्राञ्च कमिटी अध्यक्ष निमा लामा, महासचिव युद्ध छेत्री समष्टि अध्यक्ष सुबोध पाखरीन, गोरामुमो कार्यकर्ताहरू लगायत सम्पूर्ण भातृ संगठनका प्रतिनिधिवर्ग एवं कार्यकर्ताहरूको कार्यक्रममा व्यापक उपस्थिति थियो। यस कार्यक्रममा बेल्दै विधायक निरज जिम्बाले 1986 सालको गोर्खाल्याण्ड आन्दोलनमा आफ्नो प्राणको आहुती दिएर शहीद बनेका निमा थिङ्को घर निर्माण गरिदिने साथै घोषणा गर्दै कार्यक्रम स्थलबाट यसको शुरूवात गरे। जिम्बाले घर निर्माण गर्नको निम्ति पहिलो किस्ता एक लाख रुपियाँ चेक मार्फत हस्तान्तरण गरे। हामीले न्याय पाएका छैनौँ अब गोर्खालाई न्याय दिने समय आएको छ, गोर्खा जाति जाग्यो भने अफ्ट्यारो पर्छ, गोर्खाहरू राष्ट्र प्रेमी हुन्‌‍, जय हिन्दको नारा लगाउछौँ त्यसपछि जय गोर्खाको नारा लगाउछौँ। हाम्रो नेताले पार्टी भन्दा जाति ठूलो जाति भन्दा माटो ठूलो भन्न सिकाए तर त्यो माटो गोर्खाल्याण्डको मात्र माटो नभएर भारत देशको माटो हो। यसकारण अब देशले पनि हामीलाई सम्मान गर्ने बेला आएको छ भनी निरज जिम्बाले आफ्नो वक्तव्यमा भने । तिनले अझ भने, हाम्रो मांग र लड़ाई भनेको माटोको उन्मुक्ति हो र दिल्लीमा काम हुँदैछ। दिल्लीमा के हुँदैछ त्यो म अहिले नै भन्न सक्दिन। किनकी यहाँ धेरै डाकुहरू छन्‌‍, यस भन्दा अघि पनि गोर्खाहरूको भाग्य कोर्न लाग्दा डाकुहरू लागेका हुन्‌‍। शहीदहरूलाई सम्मान गर्नु पर्छ उनीहरू पानी, खोला-नाला र बाटोको निम्ति शहीद बनेका होइनन्‌‍, माटोको निम्ति शहीद बनेका हुन्‌‍। उन्मुक्तिको निम्ति पूजा गर्नुपर्छ किनभने अब शहीदहरुको सपना साकार हुनेछ र शहीदहरूले साँचो श्रद्धाञ्जली पाउने छन्‌‍। विधायक निरज जिम्बाले शहीद निमा थिङ्को परिवारलाई राजनीतिक भेदभाव गर्दै पहिला सत्तामा हुनेहरूले कामबाट निष्कासन गरेको आरोप लगाउँदै म अपिल गर्दछु अहिले जो सत्तामा छन्‌‍, नयाँ सोच नयाँ बिचार बोकेर आएका छन्‌‍। उनीहरूले शहीदका परिवारलाई न्याय दिनु पर्छ भनी सम्बोधनको क्रममा भने।


Share this news
आजको रोजाइ
प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

आजको रोजाइ