भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पक्का लाईन प्रशाखा गठन

Share this news

सोनादा,26 जुलाई(निसं): मार्गरेट्स होप पक्का लाईन जनकल्याण संस्थान अनि पक्का लाईन ग्राम सुधार समितिको अनुमोदनमा गत एक सप्ताह अघि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पक्का लाईन प्रशाखा गठन प्रक्रिया आरम्भ भएको थियो जसमा सर्वसम्मतिद्वारा रुपेन सार्कीलाई सभापति अनि विशाल खालिङलाई मूलसचिवको भार प्रदान गरिएको थियो। त्यसको एक सप्ताहभित्रमा पक्का लाईन प्रशाखा समितिको पूर्ण समिति गठन गरी समष्टिमा अनुमोदनको निम्ति पठाउनुपर्ने निर्णयलाई शिरोपर राख्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टुङ-सन्तमेरिज समष्टिका सभापति नुरी शेर्पाको विशेष उपस्थितिमा पक्का लाईन प्रशाखा समिति पूर्ण रुपले गठन गरियो, जसमा निम्नलिखित सदस्य-सदस्यागणलाई सर्वसम्मतिको साथ चयन गरियो। यसमा सभापति रुपेन सार्की, उप सभापति प्रमोद राई, मूल सचिव विशाल खालिङ, सह सचिव केशप छेत्री, कोषाध्यक्षा पवित्र राई, ङ्गसह-कोषाध्यक्षा प्रिया ठकुरी आदि चयन भएका छन्‌‍। त्यसरी नै सल्लाहकार समूहमा डीके थापा, सत्य खालिङ, रमेश राई, जेबी गजमेर, बहादुर सुब्बा, मणिकुमार राई, शंकर राई, सुवास लेप्चा, किशोर कार्की, जयकुमार राई, मिलन लामा, प्रेमकुमार राई आदि चयन भएका छन्‌‍ भने 14 जनाको कार्यकारी सदस्य सदस्याहरु चयन भएका छन्‌‍। जयकुमार राईद्वारा सञ्चालन गरिएको उक्त सभामा समष्टिका पदाधिकारीगण, गोराबारी-मार्गरेट्स होप ग्राम पञ्चायतका प्रधान, पञ्चायत सदस्य-सदस्यागण, पञ्चायत समिति सदस्यगण, समाजका वरिष्ठ सदस्य-सदस्यागण लगायत स्थानीय ग्रामवासीहरुको उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ