सांसद राजु विष्टका हजुर आमा (बोज्यू) पूर्णकला विष्टको निधन

Share this news

खरसाङ, 26 जुलाई (निसं)ः दार्जीलिङ्का भएको छ। 88 वर्षीय पूर्णकला विष्टको निधन शनिवार भएको हो भनी सांसद विष्टले जनाएका छन्‌‍। सांसद विष्टले एक विज्ञप्तिमा भनेका छन्‌‍, आज हाम्रो पूज्यनीय अनि अति प्यारी 88 वर्षीय हजुर आमा (बोज्यू), पूर्णकला विष्टको स्वर्गवास भएको खबर दुःखको साथमा साझ गरिरहेको छु। उनले एक उल्लेख योग्य जीवन व्यतित गरिन्‌‍, उनले हामीलाई अगाध माया, ज्ञान प्रदान गर्दै हाम्रो देखभाल गरिन्‌‍। उनी हाम्रो घरको आत्मा, सबै थोक थिइन्‌‍। उनले हामी सबै परिवारलाई एक सूत्रमा बाँधेर राखेकी थिइन्‌‍। उनले हाम्रो जीवनमा प्रदान गरेकी संस्कार, ज्ञान र शिक्षाले हाम्रो मार्गदर्शन गरेको छ। विष्टले आफ्नो बोज्यूको बारेमा अघि भनेका छन्‌‍, हाम्रा हजुर आमा दयालु, मिलनसार कुनै पनि व्यक्तिको आँखामा नबिझाउने स्वाभावकी थिइन्‌‍। उनको देहान्तले अवश्यै हामी अति दुःखित बनेका छौँ तर उनले शान्ति प्राप्त गरेको सम्झेर सान्तवना पाइरहेका छौँ। यस दुःखद घड़ीमा हामी सबै शुभचिन्तक, आफन्तजन अनि इष्टमित्रबाट हजुर आमाको आत्म शान्तिको निम्ति प्रार्थना गरिदिने अनि उनको अन्तिम बिदाईमा एक साथ रहिदिने निवेदन गर्दर्छौँ। सांसद विष्टले आफ्नो बोज्यूको निधन पैतृक घर मणिपूरमा भएको बताएका छन्‌‍।


Share this news
आजको रोजाइ
वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

गोथल्स साइडिङ-पगला बुङ बस्तीको बाटो मरम्मत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत

प्रिया सुब्बा अनि टोलीद्वारा गाउँलेहरूलाई राहत