कालेबुङ थाना अन्तर्गत, मङपङ पुलीसद्वारा, शुक्रबार साँझ लिश नदी चुनाभट्टी क्षेत्रबाट अपरिचित पुरुषको मृत देह उद्धार गरेको छ। पुलिस सूत्र मार्फत थाहा लागे अनुसार मृतकको उमेर ३० देखि ३५ रहेको छ। घटनाको बारेमा बढी छानविन हेतु उक्त शवलाई पोस्ट मोर्टम निम्ति पठाइएको जानकारी पाइएको छ।
