आशारिका फाउण्डेशनले रिम्बिकको माने डाँड़ाका ५१ वर्षीय रेक्टम क्यान्सर पीडित प्रभात राईलाई रु १०,००० को आर्थिक सहायता प्रदान गरेको छ। यद्यपि सहयोग रकम फाउण्डेशनमार्फत हस्तान्तरण गरिएको हो, वास्तविक दात्री हालै दिवंगत सन्तोष जिम्बा (बंगला डाँड़ा, रंगबुल)- की पत्नी श्रीमती जिम्बा हुन्। उनले आफ्ना स्व. श्रीमानको पवित्र स्मृतिमा यो सहयोग अर्पण गरेकी हुन्। फाउण्डेशनले स्व. सन्तोष जिम्बाको आत्माको चिरशान्तिको कामना गर्दै ईश्वरप्रति कृतज्ञता प्रकट गरेको छ। यो कार्यक्रमको अवसरमा आशारिका फाउण्डेशनका अध्यक्ष ऋत्विक तामाङ तथा सचिव रूपेश छेत्री स्वयं अनि आशरिका फाउन्डेसनका शिक्षिकाहरु उपस्थित थिए।
