सामुहिकरुपमा शहीदलाई श्रद्धाञ्जली चढाउने अनुरोध

Share this news

अस्तित्वको आन्दोलनको घडेरी हाम्रा शहीदहरू अनि गोर्खाहरूको पुस्ताहरुको सर्वोच्च र नि:स्वार्थ बलिदानमा बनेको आइजीजेएफका प्रमुख अजय एडवर्डसले बताएका छन्। जसले आफ्नो स्वर्थपूर्तिको लागि होइन तर न्याय, राजनीतिक पहिचान र सही राज्य “गोर्खाल्याण्ड”- को निर्माणको लागि भारतीय संविधानको ढाँचाभित्र सबै थोक दिए। हाम्रा शहीदहरुको रगतले कहिल्यै नमेटिने इतिहास लेखेको छ। उनीहरुको साहस, उनीहरुको त्याग र उनीहरुको अटल भावना हाम्रो आन्दोलनको आत्मा बनेको एडवर्डसले बताएका छन्। उनले गोर्खाहरू अगाडि बढ्दै जाँदा, सबै मानिसहरूलाई विनम्र अनुरोध गर्दै भनेका छन् – तपाईं जहाँ भए पनि – यी वीर शहीदहरूलाई तपाईंको प्रार्थनामा सम्झनुहोस्, उनीहरूको हृदयमा सम्मान गर्नुहोस् र कार्य र एकताको माध्यमबाट उनीहरूको सम्झनालाई जीवित राखौं। यो शहीद दिवसमा शहीद स्मारक जहाँ छ, त्यहाँ एकताबद्ध भएर उभिने प्रयास गरौं — सम्झनाको प्रतीक मात्र होइन, हाम्रा शहीदहरूको बलिदानप्रति जीवित श्रद्धाञ्जलीका रुपमा उपस्थित बनौं। यस सन्दर्भमा, एडवर्डसले नजिक हुनुहुने र उपस्थित हुन सक्ने महानुभावहरूलाई दिउँसो १२:३० बजेसम्म पी. कोठी, सी. आर. दास रोड, दार्जीलिङमा उपस्थित भइदिने अनुरोध गरेका छन्। त्यहाँबाट गोर्खा रंगमञ्च भवन परिसरमा अवस्थित शहीद स्मारकसम्म एक साथ प्रस्थान गरी, गोर्खाल्याण्डका शहीदहरूलाई गहिरो श्रद्धाञ्जली अर्पण गर्ने बताएका छन्।

A request to pay homage to the martyrs collectively


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान