शिवखोला ग्राम पञ्चायतको नयाँ भवन उद्घाटन

Share this news

तीनधारे, 25 जुलाई (निसं)ः खरसाङ खण्ड अन्तर्गत शिवखोला ग्राम पञ्चायतको नयाँ भवन शुक्रवा उदघाटन गरिएको छ। तीनधारे महानदी समष्टिको सिपाहीधुरामा रहेको शिवखोला ग्राम पञ्चायतको नयाँ भवनको निर्माण कार्य पूरा भएपछि शुक्रवार विधिवत्‌‍ रूपमा उदघाटन गरिएको हो। उक्त नवनिर्मित पञ्चायत भवनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा खरसाङ खण्ड पञ्चायत समितिकी सभापति अनु छेत्री प्रधान उपस्थित रहेका थिए भने तिनको बाहुलीबाट रिबन काटेर भवनको उद्घाटन गरिएको हो। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा उपस्थित तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्रीको बाहुलीबाट पूजा अर्चना गरेर नयाँ भवनमा प्रवेस गरिएको थियो। पञ्चायत सदस्य बिक्की पाख्रिनले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण शिवखोला ग्राम पञ्चायत प्रधान मोहनकुमार प्रधानले राखेका थिए भने पञ्चायत सचिव स्मृति सिंहले सबैलाई स्वागत जनाएका थिए। 20 लाख रुपियाँको खर्चमा निर्माण गरिएको शिवखोला ग्राम पञ्चायतको नयाँ भवनमा अब एक सयजना जति आरामले बस्न सक्ने बताइएको छ। कार्यक्रममा दिपेस तामाङले गीत प्रस्तुत गरेका थिए। यस उदघाटन कार्यक्रममा प्रमुख अतिथि खरसाङ खण्ड पञ्चायत समितिकी सभापति अनु छेत्री प्रधान, क्षेत्रीय सभासद नवराज छेत्री, पञ्चायत समिति सदस्या अनिरा वाईबा आदिले वक्तव्य राखेका थिए। कार्यक्रममा जल जीवन मिशन विषयमा सुभम प्रधानले मानिसहरूलाई जानकारी गराएका थिए। यस उदघाटन कार्यक्रममा खरसाङ पञ्चायत समितिको कर्माध्यक्षहरु भक्तिमान तामाङ, दावा वाङ्दी लामा र अन्य, पञ्चायत समिति सदस्यहरु, ग्राम पञ्चायत सदस्यहरु, सुकना, घैयाबारी दुईको ग्राम पञ्चायत प्रधान भगवती प्रधान, घैयाबारी ग्राम पञ्चायत तीनको प्रधान सुष्मा वाईबा, सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जन, सुकना ग्राम पञ्चायत प्रधान, उप प्रधान, शिवखोला ग्राम पञ्चायतका उप प्रधान अम्बिका देवान लगायत भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रतिनिधिहरु उपस्थित रहेका थिए। यस विषयमा हिमालय दर्पणसित कुराकानी गर्दै शिवखोला ग्राम पञ्चायत प्रधान मोहनकुमार प्रधानले आफूहरुको पञ्चायत भवन पुरानो र सानो रहेको थियो तर नयाँ भवन उदघाटन भएपछि अब नयाँ भवनमा सर्ने र काम गर्न सुविधा भएको बताएका छन्‌‍। उनले बताए अनुसार शिवखोला ग्राम पञ्चायतको पञ्चायत भवन पुरानो र सानो थियो। त्यसैले नयाँ भवन निर्माणपछि उदघाटन गरिएको र यो नयाँ भवनमा सबै कार्यहरु गरिने छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ