The number of tourists has increased in tourism centers

पर्यटन केन्द्रमा बढ्यो पर्यटकहरूको चहल पहल

Share this news

तराई खण्डमा अत्याधिक गर्मी बडेपछि मिरिकको शीतल वातावरणमा समय बिताउन धेरै पर्यटकहरू मिरिक पर्यटन केन्द्रमा आइरहेका छन्। मिरिकमा शुक्रबार पानी परेपछि शीतल वातावरण बनेको थियो। फलस्वरूप मिरिक पर्यटन केन्द्रमा पनि पर्यटकहरूको चहल पहल बडेको देखियो। पर्यटकहरूको आगमन बडेपछि यहाँको होटल अनि रेस्तुराँहरूमा पर्यटकहरूको चहल पहल अधिक देखियो भने मिरिक फूलबारी, हेलीप्याट, बोकार मोनस्ट्री आदि ठाउँहरूमा पनि पर्यटकहरूले घुमफिर गरिरहेको देखियो। मिरिक पर्यटन केन्द्रको मुख्य आकर्षण मिरिक झीलमा चल्ने नौका पर्यटकहरूको लागि मुख्य आकर्षण बन्न पुगेको थियो। मिरिक झीलमा चल्ने शिकारा अनि पेयडल नौकामा पर्यटकहरू सवारी गरेर मिरिकको शीतल वातावरणको आनन्द उठाइरहेका थिए। मिरिक पर्यटन केन्द्रमा घुम्न आउने पर्यटकहरूले घोडा सवारी, जातीय भेषभूशा लगाएर मनोरन्जन गरिरहेका थिए भने यहाँ रहेको थ्री सिक्सटी सेल्फी बुथमा रिल बनाउनेहरूको संख्या पनि अधिक रहेको थियो। मिरिकको शीतल वातावरणमा समय विताउन पाउँदा अति आनन्दित लागेको आसमबाट आएका एक पर्यटकले जानकारी गराउँदै मिरिक पर्यटन केन्द्रमा घुम्न आउँदा कुनै असुविधा नभएको अनि मिरिक पर्यटन केन्द्र सुन्दर र ब्यावस्थित रहेको बताए।


Share this news
आजको रोजाइ
धोबी तलाउ क्षेत्रबाट फोहोर र प्लास्टिकजन्य वस्तुहरू संकलन

धोबी तलाउ क्षेत्रबाट फोहोर र प्लास्टिकजन्य वस्तुहरू संकलन

नागपञ्चमी, रिखी डोरी, कुशे औँसीको महत्व घट्दै जाँदैछ

नागपञ्चमी, रिखी डोरी, कुशे औँसीको महत्व घट्दै जाँदैछ

वा पिँड़ीलाई शहीदहरूको बारेमा जानकारी नरहेको बुझेपछि गाउँमा बोर्ड लगाइदिए सभासद्ले

वा पिँड़ीलाई शहीदहरूको बारेमा जानकारी नरहेको बुझेपछि गाउँमा बोर्ड लगाइदिए सभासद्ले

निष्ठा गौतम – पूर्वोत्तरकी उज्यालो तारा

निष्ठा गौतम – पूर्वोत्तरकी उज्यालो तारा

डा. इन्द्र हाङ सुब्बाको केन्द्रीय मन्त्रीद्वयसङ्ग भेटवार्ता

डा. इन्द्र हाङ सुब्बाको केन्द्रीय मन्त्रीद्वयसङ्ग भेटवार्ता

राष्ट्रिय नृत्य प्रतियोगिता “क्ल्यास अफ डान्सर्स”को अडिसन

राष्ट्रिय नृत्य प्रतियोगिता “क्ल्यास अफ डान्सर्स”को अडिसन

जनताको सेवामा समर्पित मुख्यमन्त्री पीएस तामाङ

जनताको सेवामा समर्पित मुख्यमन्त्री पीएस तामाङ

आइजीजेएफको टोली इन्जिनियरिङ्ग अफिसमा

आइजीजेएफको टोली इन्जिनियरिङ्ग अफिसमा

मानेबुङ देन्ताम पर्यटन परियोजनामाथि उच्चस्तरीय बैठक

मानेबुङ देन्ताम पर्यटन परियोजनामाथि उच्चस्तरीय बैठक

“टान्डोङ ल्हो रुम्फत-२०२५”माथि बैठक आयोजित

“टान्डोङ ल्हो रुम्फत-२०२५”माथि बैठक आयोजित